१९ असार, पर्वत । जोखिमपुर्ण सडक त्यसमा पनि असारको पहिलो साता देखिनै पर्बतका ग्रामिण क्षेत्रका सडक अवरुद्ध भएका छन । केहीयता मनसुन सक्रिय भएपछि अधिकाँश ग्रामिण सडकमा यातयात सञ्चालन अबरुद्ध भएको हो । सदरमुकाम कुश्मा हुदै छुट्ने यातायातका साधन पहिरो र हिलाम्मे सडकका कारण सञ्चालनमा नआएको पर्बत यातायात ब्यवसायी समितिले जनाएको छ । जिल्ला समबन्य समितिको मापदण्डभित्र परेका ३२ ग्रामिण सडकमध्ये अधिकांस सडकहरु बन्द रहेका छन् ।
जिल्लाको दक्षिण भेगमा सञ्चालित तथा अन्य ठाउँ गरि झण्डै एक दर्जन सडकमा सवारी साधन सञ्चालन हुन नसकेको पर्बत यातायात ब्यवसायी समितिको शाखा प्रमुख दुर्गा बहादुर ठकुरीले बताउनुभयो । सडक सञ्चालन नभएपछि ग्रामिण क्षेत्रमा खाद्यसाम्रागी ढुवानी, आवतजावतमा समस्या भएको छ । असार लागेसंगै परेको अविरल बर्षाका कारण सबैजसो सडकमा बाख्लो हिलो र पहिरो गएको छ । सडक अवरुद्ध भएपछि ग्रामिण क्षेत्रमा खाद्य साम्रागीको मुल्य समेत बढ्न थालेको ब्यापारीहरुले बताएका छन् । जिल्ला समबन्य समिति र स्थानियको लगानीमा विस्तार गरिएका सडक तत्काल मर्मत नहुने संकेत जिल्ला प्राविधिक कार्यालयले दिएको छ ।
पून बर्षा हुन सक्ने र त्यसले थप क्षती पु¥याउने भएकाले भदौसम्ममा सबै सडक मर्मत गरिने जिल्ला समबन्य समितिले जनाएको छ । अब्यवस्थित सडकका कारण सडक आसपासका घरहरुमा समेत क्षती पुगेको छ ।
पहिरोको जोखिममा रहेका सडकमा आवश्यक पुर्वाधारमा सम्बन्धित निकायले चासो नदेखाउँदा समस्या सृजना हुने गरेको कुश्मा नगरपालिका १२ का बिष्णु आचार्यले बताउनुभयो । हिलाम्मे सडकमा ट्याक्टर सञ्चालन नहुने गरेपनि त्यसले समेत सडक विग्राने गरेको स्थानियबासीको भनाई छ ।




