Print

स्थानीय तह निर्वाचन मत गणना अपडेट

१७ असार, काठमाडौं । शनिबार बिहान ५ बजेसम्म कुल ३३४ स्थानीय तहमध्ये ६२ को मतपरिणाम आइसकेको छ ।

हालसम्म एमालेले दुई नगरपालिकासहित ३१ स्थानीय तहमा जित हासिल गरेको छ । ७९ स्थानमा एमालेको अग्रता कायम छ ।

एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले हालसम्म ३ नगरपालिकासहित २३ स्थानमा जित्न सफल भएको छ । उसले १०१ स्थानमा अग्रता लिइरहेको छ ।

माओवादी केन्द्रले हालसम्म नगरपालिकामा जित हासिल गरेको छैन । १२ गाउँपालिका प्रमुखमा जित हासिल गरेको माओवादीले ५३ स्थानमा अग्रता लिइरहेको छ ।

नतिजा आएका ६२ मध्ये दुई स्थानमा राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमले जितेका छन् । प्यूठानको मल्लरानी गाउँपालिकामा जनमोर्चा र बाँकेको नैरनापुरमा फोरमले जित हासिल गरेका हुन् ।

एमाले

डडेलधुरा, अमरगढी नगरपालिकाः विश्वेश्वर (विपीन ओझा)
बझाङ, मष्टा गाउँपालिकाः कर्णबहादुर रावत
बाजुरा, पाण्डवगुफा गाउँपालिकाः कालीबहादुर शाही
खोटाङ, जन्तेढुंगा गाउँपालिकाः शंकर राई
बाजुरा, गौमुल गाउँपालिकाः हरि रोकाया
बैतडी, पन्चेश्वर गाउँपालिकाः गोरख बहादुर चन्द
बझाङ, थलारा गाउँपालिकाः भुवनेश्वर उपाध्याय
ताप्लेजुङ, मौवाखोला गाउँपालिकाः राजन कुमार थक्लुङ
भोजपुर, रामप्रसाद राई गाउँपालिकाः बिजय राई
दार्चुला, लेकम गाउँपालिकाः परमानन्द जोशी
बझाङ, वित्थडचिर गाउँपालिकाः प्रेम बोहरा
बझाङ, दुर्गाथली गाउँपालिकाः प्रयागराज जोशी
उदयपुर, ताप्ली गाउँपालिकाः उद्दवसिंह थापा
नवलपरासी, त्रिवेणी सुस्ता गाउँपालिकाः रामप्रसाद पाण्डे
दार्चुला, अपिहिमाल गाउँपालिकाः धर्मानन्द सिंह
बझाङ, तलकोट गाउँपालिकाः लालबहादुर विष्ट
धनकुटा, खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिकाः मनोज राई
भोजपुर, पौवादुम्मा गाउँपालिकाः किरण राई
पाँचथर, हिलिहाङ गाउँपालिकाः भवानीप्रसाद लिङदेन
पाल्पा, तिनाउ गाउँपालिकाः अमबहादुर घर्ती
संखुवासभा, मादी नगरपालिकाः विदुर लिन्थेप
भोजपुर, ट्याम्के मैयुम गाउँपालिकाः ध्रुवराज राई
डडेलधुरा, नवदुर्गा गाउँपालिकाः कबिन्द्र बहादुर विष्ट
पाल्पा, पूर्वखोला गाउँपालिकाः नुन बहादुर थापा
इलाम, सन्दकपुर गाउँपालिकाः उदयबहादुर राई
भोजपुर, हतुवागढी गाउँपालिकाः प्रेमबहादुर राई
गुल्मी, रेसुङ्गा नगरपालिकाः डिल्लीराज भुसाल
ताप्लेजुङ, मिक्वाखोला गाउँपालिकाः रामकुमार सावा
डोटी, पूर्वीचौकी गाउँपालिकाः दीर्घराज बोगटी

कांग्रेस

बाजुरा बडिमालिका नगरपालिकाः पदम बडुवाल
बाजुरा, छेडदह गाउँपालिकाः नरबहादुर रावत
बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा
संखुवासभा, चिचिला गाउँपालिकाः पासाङ नोर्बु शेर्पा
संखुवासभा, सिलिचोङ गाउँपालिकाः राम बहादुर राई
दार्चुला, महाकाली नगरपालिकाः हंसराज भट्ट
गुल्मी, दरबार गाउँपालिकाः अशोककुमार थापा
डडेल्धुरा, नामः भागेश्वर गाउँपालिकाः कौशिला भट्ट
डडेल्धुरा, आलिताल गाउँपालिकाः बलबहादुर गुरुङ
डोटी, के.आइ.सिं गाउँपालिकाः लोकेन्द्र शाही
डडेलधुरा, गन्यापधुरा गाउँपालिकाः नबलबहादुर मल्ल
बाजुरा, हिमाली गाउँपालिकाः गोविन्द बहादुर मल्ल
खोटाङ, एेसेँलुखर्क गाउँपालिकाः विश्वनाथ निरौला
नवलपरासी, प्रतापपुर गाउँपालिकाः राजकुमार शर्मा
ताप्लेजुङ, मेरिङदेन गाउँपालिकाः गणेशबहादुर लिम्वू
गुल्मी, चन्द्रकोट गाउँपालिकाः द्रोणबहादुर खत्री
पाँचथर, तुम्वेवा गाउँपालिकाः होमनाथ थापा
बैतडी, सुर्नया गाउँपालिकाः वीरबहादुर विष्ट
डोटी, बडीकेदार गाउँपालिकाः कृष्णबहादुर चन्द
भोजपुर, भोजपुर नगरपालिकाः कैलाशकुमार आले
ताप्लेजुङ, त्रिवेणी आठराई गाउँपालिकाः विश्वनाथ सिटौला
बैतडी, दशरथ चन्द नगरपालिका: नरेन्द्रसिंह थापा
बझाङ, बुंगल नगरपालिकाः धनबहादुर विष्ट

माओवादी

सोलुखम्बु, लिखु पिके गाउँपालिकाः डम्बर बहादुर बस्नेत
सोलुखुम्बु, महाकुलुङ गाउँपालिकाः सागर कुलुङ
दाङ, बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली
रुकुम, पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती
रुकुम, भुमे गाउँपालिकाः रामसुर बुढा मगर
रुकुम, सिस्ने गाउँपालिकाः कुमारी बराल गौतम
डडेल्धुरा, अजयमेरु गाउँपालिकाः उमेश भट्ट ‘विकास’
डोटी, बोगटान गाउँपालिकाः कमलबहादुर गड्सिला
रोल्पा, थवाङ गाउँपालिकाः वीरबहादुर घर्ती
कन्चनपुर, लालझाडी गाउँपालिकाः मदनसेन बडायक
रोल्पा, सुनछहरी गाउँपालिकाः आशबहादुर पुनमगर
रोल्पा, दुईखोली गाउँपालिकाः नीमकान्त डाँगी

अन्यः

राष्ट्रिय जनमोर्चाः प्यूठान, मल्लरानी गाउँपालिकाः अम्मरध्वज राना
संघीय समाजवादी फोरमः बाँके, नरैनापुर गाउँपालिकाः इश्तियाक अहमद साह