१७ असार, पर्वत । ‘कुश्मा बजार साह्रै राम्रो अग्ला लामा पुललले, माया पनि साह्रै राम्री शिरमा लाको फूलले’ पर्वतलाई चिनारी गराउने गरी गायक कस्तुप पन्तले तीज गीत बजारमा ल्याएका छन । विमाकुमारी दुरासंगै युगल आवाजमा गायक पन्तले ‘चरी बस्यो नियाली गाँजैमा’ बोलको गीत बजारमा ल्याएका हुन ।
सारथी म्युजिकले बजारमा ल्याएको उक्त गीतमा पन्तको लय, शब्द रहेको छ । गीतमा पर्वतका अग्ला झोलुंगे पुल, फलेवास नगरपालिका र मधुवनको बर्णन गरिएको छ ।
आधुनिक र लोक गीतका शब्द सृजनामा उत्कृष्टता हासिल गरेका पन्तले यस पटक जन्मभूमिलाई देश र परदेशमा चिनाउने गरी उक्त गीत बजारमा ल्याएका हुन । नेपाली मौलिक गीति लयमा बजारमा आएको उक्त गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन ।
भिडियो




