१६ असार, काठमाडाैं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा हालसम्म ३७ स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ । प्राप्त नतिजा अनुसार एक नगरपालिकासहित १६ स्थानीय तह जित्दै एमाले अग्रस्थानमा देखिएको छ । अग्रताको हिसाबले एमालेसँग प्रतिस्पर्धामा रहेको कांग्रेसले २ नगरपालिकासहित १३ तहमा जित हासिल गरेको छ ।
त्यस्तै, माओवादीले ७ स्थानीय तहमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले प्यूठानको १ स्थानीय तहमा जितको खाता खोलेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै प्रदेश नम्बर ७ को मत परिणाम आएको छ ।
हालसम्म छिनोफानो भएका स्थानीय तहमा दलहरूको जितको विवरण यस्तो छ:
एमालेले जितेका स्थानीय तह
१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. बित्थडचिर गाउँपालिका, बझाङ
५. गौमुल गाउँपालिका, बाजुरा
६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
७. पञ्चेश्वर गाउँपालिका, बैतडी
८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
९. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
११. लेकम गाउँपालिका, दार्चुला
१२. त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी
१३. दुर्गाथली गाउँपालिका, बझाङ
१४. ताप्ली गाउँपालिका, उदयपुर
१५. खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
१६. अपि हिमाल गाउँपालिका, दार्चुला
कांग्रेसले जितेका स्थानीय तह
१. महाकाली नगरपालिका, दार्चुला
२. बडिमालिका नगरपालिका, बाजुरा
३. छेडेदह गाउँपालिका, बाजुरा
४. काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. सिलिचोङ गाउँपालिका, संखुवासभा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी
८. अालिताल गाउँपालिका, डडेल्धुरा
९. भागेश्वर गाउँपालिका, डडेल्धुरा
१०. गन्यापदुरा गाउँपालिका, डडेल्धुरा
११. केअार्इसिंह गाउँपालिका, डोटी
१२. हिमाली गाउँपालिका, बाजुरा
१३. एेंसेलुखर्क गाउँपालिका, खोटाङ
माओवादीले जितेका स्थानीय तह
१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
४. बंगलाचुली गाउँपालिका, दाङ
५. भूमे गाउँपालिका, रूकुम
६. अजयमेरू गाउँपालिका, डडेल्धुरा
७. सिस्ने गाउँपालिका, रूकुम
राष्ट्रिय जनमाेर्चाले जितेको स्थानीय तह
१. मल्लरानी गाउँपालिका, प्यूठान




