Print

धौलागिरी कला तथा साहित्य मञ्चको पाँचौ रचना वाचन कार्यक्रम कुश्मामा

१० असार, पर्वत । धौलागिरी कला तथा साहित्य मञ्चको पाँचौ रचनावाचन डबली कार्यक्रम कुश्माको नमुना अवासीय माविमा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं पर्वत साहित्य संगमका संस्थापक संरक्षक बरिष्ठ साहित्यकार इन्द्रकुमार विकल्पले नेपालमा पछिल्लो समय साहित्य विधाले धेरै फडको मारेको बताउदै यहिलेको युवा पुुस्तामा साहित्य निकैनै लोक प्रिय भएको बताउनु भयो । त्यस्तै उहाले कहिन कतैबाट मानिस साहित्य संग जोडिने भएकाले साहित्य विना कोहि पनि बाच्न नस्कने बताउनु भयो ।

कार्यक्रममा पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडी, सचिव डिआर शर्मा, ¥याण्डम रिडर्स सोसाइटी पर्वतका अध्यक्ष कलापे्रमी शंकर गिरी, सुगम विधाका प्रखर गायक मानजी सुरागम, साहित्यकार गोविन्द भुसाल, याम केसी कार्यक्रम संयोजक युवा साहित्यकार एवं पत्रकार निर्मल पौडेल लगायत बाल्नु भएको थियो । कार्यक्रमा अभिष्ट केसी, सिर्जना कार्की ठाकुर रसाइली, कमला आर्चाय लगायत दुई दर्जन सर्जकहरुले राष्ट्र प्रेमी, माया प्रेमका कविता गजल मुक्तक सुनाउनु भएको थियो ।

धौलागिरी कला तथा साहित्य मञ्चका उपाध्यक्ष शंकर चोखालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मनतव्य मञ्चकी कोषध्यक्ष जिर्सना कार्कीले र सञ्चालन सञ्चारकर्मी दिपेश विश्वकर्माले गर्नुभएको थियो ।

सोही कार्यक्रमको अवसरमा शुक्रराज ढुङ्गना द्धारा रचित “नया नेपालका नया पाइला ” कृतिको विमोचन भएको छ । पुस्तक विमोचन पश्चात बोल्दै पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीले अपाङ्ग भएर पनि साहित्य क्षेत्रमा शुक्रराजले पु¥याएको योगदान अतुल्ने र प्रसंशा योग्य रहेको बताउनु भयो । त्यस्तै लेखक शुक्रराज ढुङ्गनाले आफुले एक छाक मात्र खाएर प्रकाशन गरेको पुस्तक सवैले किनी सहयोग गर्न आग्रह गर्नुभएको छ ।- दिपेश विश्वकर्मा,