Print

कहाँ छन कुश्माका २० बर्षिया नारायण पौडेल ?

३ असार, पर्वत । कुस्मा नगरपालिका १ पाङका २० बर्षिया  नारायण पौडेलको अवस्था अझै अज्ञात रहेको छ । विगत ९ दिनदेखि वेपत्ता भएका पौडेलको अवस्था जानकारी नहुँदा परिवार विलखबन्दमा परेको छ ।

कुस्मा ५ मेलमिलाप चोक डेरा गरि बस्ने  नारायण पौडेल जेठ २५ गतेदेखि वेपत्ता भएको प्रहरीले जनाएको छ ।  परिवारले आफ्ना आफन्त तथा उनी जानसक्ने सम्भावित ठाउँहरुमा सम्पर्क गर्दा समेत उनको कुनै पत्तो नभएको बताएको छ । ३ छोरा मध्ये नारायण माईला सन्तान हुन् ।

उनी कुश्मा स्थित आइबल एकेडमी नामक नीजि विद्यालयमा अध्यापनरत थिए ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछानेका अनुसार उनको खोजी भईरहेको बताए । प्रहरीका अनुसार  पौडेल बस्ने कुस्मा ५ स्थित कोठामा खाना बनाउँदै गरेको अवस्थामा त्यसै छाडिएको, लुगा धुन भिजाएको अवस्थामा भेटिएको जनाएको छ ।

गत बिहिबारसम्म परिवारसँग फोन सम्पर्क भएको कल डिटेल भएपनि त्यसपछि उनी सम्पर्क बाहिर रहेको र खोजि कार्य भईरहेको प्रहरी निरिक्षक लामिछानेले जानकारी दिए ।