३ असार, पर्वत । पहिलो पटक तीजको गीतमा अवाजमार्फत सांगीतिक बजारमा आएका बहुचर्चित सर्जक कस्तुप पन्तको यस बर्षको तीज कोशेली “झुम्रे ज्वाई”बजारमा आएको छ । बहुचर्चित लोक दोहोरी गायिका देवी घर्ती र कस्तुप पन्तको सुमधुर आवाज रहेको गीतमा लय शब्द पनि कस्तुप पन्तले नै गरेका हुन् ।
मौलिक ठेट रतथा समसामयिक सरल बिषयलाई गीतमा समाबेस गरेको पाइन्छ ।गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित हास्य कलाकार सुरबीर पण्डित “दार्ही बा”,राधा लम्साल ,सुष्मिता कार्की ,अशोक पौडेल,तिलक तामाङ् ,जनक बास्तोला लगाएको देख्न सकिन्छ ।
कमेडी रुपमा देखिने म्यूजिक भिडियोको निर्देशन भने प्रकाश भट्टले गरेका हुन् । करण चैसिरको छायांकनमा तयार गरिएको म्यूजिक भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् । तीज पर्व शुरु हुन झण्डै डेढ महिना बाँकी छदै झुम्म्रे ज्वाईले तहल्का पिटदै गएको छ ।
(हेर्नुहोस भिडियो)




