२८ जेठ, पर्वत । न्यानो स्पर्श सधै सबैका लागि फाउन्डेसन पश्चिमाञ्चलको युवाहरुको समूह(न्यानो स्पर्श)ले यहाको एक अपाङ्ग परिबारलाई सहयोग गरेका छन् । कुश्मा नगरपालिका चुबा घर भएको एक दलित परिबारलाई युवाहरुको समूह(न्यानो स्पर्श)ले सहयोग गरेका हुन ।
चुबा घर भएकी सन्तु दमाईको परिबारका ३ जना सदस्य नै अपाङ्ग रहेका छन् । समुहले आईतबार अपाङ्ग परिबारको घरमानै पुगि ५० थान कुखुराको चल्ला बितरण गरेका हुन । ५० थान कुखरा मध्ये ३० थान बोईलर कुखुरा र २० थान कोईलरका कुखुरा रहेका छन् । समुहले कुखुराको लागि चाहिने खोर, दाना तथा औषधिहरु पनि एकैसाथ बितरण गरेको हो । उक्त अपाङ्ग परिबारलाई सहयोगको निकै आवश्यकता रहेको थाहा पाएपछि उपहार चिठ्ठा कटाएर तथा देस बिदेशमा रहेका न्यो स्पर्शका सदस्यहरुको सहयोग बाट न्यानो स्पर्श संस्थामार्फत सहयोग प्रदान गरेको युवाहरुको समूह(न्यानो स्पर्श)ले समुहले जनाएको छ ।
कार्यक्रममा न्यानो स्पर्शका पश्चिमाञ्चल समूहका सक्रृय सदस्यहरु मसिा केसि, अनिस परियार, सदिक्क्षा गुरुङ, लबिसा श्रेष्ठ, सपना ठकुरी, प्रमिला शर्मा, सम्झना मल्ल, सबि क्षेत्रि र सिता श्रेष्ठ लगायतको उपस्थितिमा उक्त दलित परिबारलाई न्यानो सहयोग हस्तान्त्रण गरिएको थियो ।




