Print

मोदीखोला जलविद्युत केन्द्रले बार्षिक लक्ष्य एक महिना अघि नै पुरा गरयो

२२ जेठ, पर्वत । जिल्लाको मोदीगाउँपालिका रहेको मोदीखोला जलविद्युत केन्द्रले सरकारले तोकेको बार्षिक लक्ष्य एक महिना अघि नै पुरा गरेको छ । केन्द्रले बर्ष भरीमा उत्पादन गर्नुपर्ने भनी सरकारले तोकेको बार्षिक लक्ष्य एक महिना १० दिन अघि नै पुरा गरेको हो ।

केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार आर्थिक बर्ष २०७३/०७४ का लागि उत्पादन निर्देशनालयले तोकेको लक्ष्य समयअवधि भन्दा अघि नै पुरा गरेको हो । बार्षिक उत्पादन लक्ष्य निर्देशनालयले ६० हजार १ सय ४७ दशमल ०६ मेगावाट तोकेमा उक्त लक्ष्य पुरा भएको भट्टले जानकारी दिए ।

१४ दशमलव ८ मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त केन्द्र मोदीगाउँपालिकाको देउपुर र तिलाहारमा अवस्थित छ ।