Print

अपडेट : कुश्मा नगरपालिकामा जोशीको अग्रता कायमै, हेर्नुहोस कस्ले कति मत प्राप्त गरे

३ जेठ, पर्वत । बहुप्रतिक्षित पर्वतको कुश्मा नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । नेपाली कांग्रेसको आधारभूमि मानिने कुश्मा नगरपालिकामा कांग्रेसका प्रमुख पदका उमेदवार रामचन्द्र जोशीले निकटम प्रतिद्धन्द्धीले भन्दा ७ सय ७२ मतले अग्रता कायम गरेका छन । उनले हालसम्म २१२३ मत प्राप्त गरेका छन ।

यसैगरी एमालेका उमेदवार मेघनाथ सुवेदीले भने १३५१ मत प्राप्त गरेका छन । कांग्रेसको आधारक्षेत्र मानिएको पाङ र खुर्कोटको मत गणना गर्दा कांग्रेसले  फराकिलो मतले एमालेलाई पछाडी पारेको छ । यसैगरी उपप्रमुमा नेपाली कांग्रेसकी सिता काप्ले लामिछानेले हालसम्म २०७० मत प्राप्त गरेकी छिन । यसैगरी एमालेकी मुवादेवी शर्माले भने १३८० मत प्राप्त गरेकीछिन ।

उता, माओवादी केन्द्रका प्रमुख पदका उमेदवार शंकर गिरी भने निकै कमजोर देखिएका छन । उनले २२० मत प्राप्त गरेका छन । सोही पार्टीकी उपप्रमु्खकी उमेदवार तारा पराजुलीले भने २१६ मत प्राप्त गरेकीछिन ।

अहिले कुनपा २ खुर्कोट र कुनपा ३ दुर्लुङको मतगणना भईरहेको छ । प्राप्त जानकारी अनुसार  खुर्कोटमा कांग्रेसले अग्रता लिएको छ भने दुर्लुङमा एमालेको अग्रता छ ।