Print

फलेवास नगरपालिकामा एमाले कांग्रेस वीच तिव्र प्रतिस्पर्धा

३ जेठ, पर्वत । फलेवास नगरपालिकामा एमाले र कांग्रेस वीच तिब्र प्रतिस्पर्धा देखिएको छ । एमालेको नगरप्रमुख पदमपाणी शर्माले हालसम्म ४६७१ मत प्राप्त गरेका छन । भने, नेपाली कांग्रैसका गंगाधर तिवारीले ४४२१ मत प्राप्त गरेका छन ।

उता, उमप्रमुखममा भने एमालेकी मञ्जु अधिकारील ४५७८ मत प्राप्त गरेकी छिन । यसैगरी कांग्रेसकी रेखा गुरुङले भने ४३९१ मत प्राप्त गरेकीछि । हालसम्म ८ वटा वडाको मतगणना सकिएको छ ।

अव भंगरा, कुर्घा र पाङराङको मत गणना बाँकी छ । तिनवटै वडाहरुमा नेपाली कांग्रेसको राम्रो प्रभाव मानिएका कारण मत परिणामको यकिन गर्न गाहे छ ।

हाल सम्म एमालेका शर्माले २५० मतान्तरमा अग्रता कायम गरेपनि अरु वडाहरुको मतगणनाले नतिजामा परिर्वतन गर्न सक्ने अनुमान गरिएको छ ।