२ जेठ, पर्वत । स्थानीय तहको निर्वाचन अन्तर्गत मतगणनाको क्रम जारी रहेको छ । जस अन्तर्गत जिल्लाका ६१ वडा मध्ये हालसम्म २६ वडाको नतिजा सार्वजनिक भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिएको छ ।
हालसम्मको नतिजामा एमाले १ गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित १५ वडामा आफ्नो वर्चश्व राख्न सफल भएको छ । भने दोश्रोमा काँग्रेस र तेश्रोमा माओवादी केन्द्र रहेको छ ।





