Print

पर्वतको पैयू गाउँपालिकामा कांग्रेस बिजयी

२ जेठ, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकोतर्फबाट खगेन्द्र प्रसाद तिवारी र उपाध्यक्षमा जसमती गुरुङ बिजयी भएका छन ।
अध्यक्षमा बिजयी भएका तिवारीले ३ हजार ४ सय ३१ मत प्राप्त गरेका छन भने उनका निकटम प्रतिद्वन्द्वी मित्रलाल बस्यालले २ हजार ४ सय ५४ मत पाएका छन ।

यसैगरी उपाध्यक्ष पदमा बिजयी जसमती गुरुङले ३ हजार १ सय ६८ मत पाएकी छन भने पराजित भएकी गोमता कुमारी शर्माले २ हजार ४ सय ८४ मत पाएकी छन ।

नेपाली काँग्रेसका ईमान्दार र सरल नेताका रुपमा लिईने तिवारी नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सचिव हुन् । तिवारी गत वर्ष भएको पार्टीको अधिवेशनमा सभापती पदमा पराजित भएका थिए ।