२ जेठ, पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं ठुलीपोखरी र खौलामा मंगलबार दिउँसो परेको चट्याङ्ग लागेर ६ जना घाइते भएका छन । दिउँसो करिब ४ बजेको समयमा परेको चट्याङ्गबाट उनीहरु घाइते भएका हुन ।
चट्याङ्गबाट घाइते भएकाहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको शरीरमा चोट लागेको छ । सवै घाइतेको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
सोही समयमा परेको चट्याङ्गबाट पर्वतको कुस्मा नगरपालिका १४ आर्थर स्थित पञ्चकोशी माबिमा पनि लाखौको क्षति पुगेको छ ।
चट्याङ्गले बिद्यालयमा रहेको कम्प्युटर ल्याब, सिसीक्यामरा र प्रबेश द्वारमा ठुलो क्षति पुगेको छ । बिद्यालयमा २० वटा कम्प्युटर , १६ वटा सिसीक्यामरा र सिसी क्यामराको स्स्टिममा समेत क्षति पुग्दा झण्डै १० लाखको क्षति भएको बिद्यालयले जनाएको छ । बिद्यालयमा गएको फागुनमा दाताहरुको सहयोगमा सिसीक्यामरा जडान गरिएको थियो भने दाताकै सहयोगमा कम्प्युटर ल्याब सञ्चालनमा आएको थियो ।





