Print

पर्वतको महाशिला गाउँपालिकामा एमाले बिजयी

२ जेठ, पर्वत । पर्वतको महासिला गाउँपालिकामा एमालेका राजु पौडेल अध्यक्ष र हिरादेबी थापा उपाध्यक्षमा बिजयी भएका छन ।

महाशिला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित एउटा बाहेक सबै वडामा नेकपा(एमाले) बिजयी भएका हो ।

अध्यक्षमा बिजयी भएका पौडेलले २ हजार ४ सय ५३ मत प्राप्त गरेका छन भने उनका निकटम प्रतिद्वन्द्वी उज्ज्वल गुरुङ्गले २ हजार १० मत पाएका छन । यसैगरी उपाध्यक्ष पदमा बिजयी हिरादेबी थापाले २ हजार ४ सय ८३ मत पाएकी छन भने पराजित भएकी सृजना मल्ल ठकुरीले १ हजार ९ सय ५१ मत पाएकी छन ।

अध्यक्षमा बिजयी भएका पौडेल नेकपा(एमाले) पर्वतका पुर्ब जिल्ला उपाध्यक्ष हुन । गएको जिल्ला अधिबेशनमा जिल्ला अध्यक्षमा झिनो मतले पराजित भएका पौडेल सानो उमेर देखि नै पुर्णकालिन कार्यकर्ता भएर राजनितीमा होमिएका थिए । उनी २०५४ सालमा सोही इलाकाबाट जिल्ला बिकास समितिको सदस्य पदमा निर्वाचित भएका थिए । सामाजिक क्षेत्रमा समेत सकृय छन पौडेल ।

नेकपा(एमाले)ले महासिला गाउँपालिको वडा नं १,३,४,५ र ६ नम्बर वडामा समेत प्यानलै जितेको छ । वडा नं २ मा भने कांग्रेसले जितेको छ । वडा नं १ मा इश्वरी भुसाल, २ मा ताराबहादुर राना, ३ मा रोशन गुरुङ्ग, ४ मा पुरनबहादुर मल्ल, ५ मा जीवन उचैं ठकुरी र ६ मा रामबहादुर सुनार बिजयी भएका छन ।