१ जेठ, पर्वत । स्थानीय तह निर्वाचनको मतपरिणाम आउन शुरु भएको छ । पर्वतका ५ गाउँपालिका र २ नगरपालिका मध्ये प्रारम्भिक मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । हालसम्म प्राप्त समाचार अनुसार महाशिला गाउँपालिकाको वडा न १ होश्राङदीमा भएको मतगणना अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेल ७५, एमालेले ७२ र माओवादीले ३ मत प्राप्त गरेको छ ।
यसैगरी बिहादी गाउँपालिकामा भएको प्रारम्भिक मतपरिणाम अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसले २६, एमालेले २२ र माओवादी केन्द्रले १५ मत प्राप्त गरेको छ । यस गाउँपालिकाको उपाध्यक्षमा भने एमालेको अग्रता छ । उपाध्यक्षमा एमालेले २७, कांग्रेस २४ र माओवादीले १६ मत प्राप्त गरेको छ ।
उता काग्रेंसको राम्रो सम्भावना भएको मानिएको दक्षिण पर्वतको पैयू गाउँपालिकामा पनि कांग्रेसले नै अग्रता दिएको छ । अध्यक्ष पदमा कांग्रेसले ६०, एमालेले २८ र माओवादीले ४ मत प्राप्तगरेको समाचार छ ।
एता, कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र जलजला गाउँपालिको प्रारम्भिक मत परिणाम भने अझै प्राप्त भएको छैन ।




