१ जेठ, पर्वत । पर्वतमा स्थानिय तहको निर्वाचनको मतगणना शुरु भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा सवै क्षेत्रमा मतगणना शुरु भएको हो ।
विहादि गाउँपालिका र पैंयु गाउँपालिकामा विहानै ८ बजेदेखिनै मतगणना शुरु भएको छ भने कुश्मा नगरपालिकामा ११ बजेवाट शुरु हुने भएको छ । फलेवास नगरपालिकामा पनि ११ बजेपछि शुरु गर्ने सर्वदलिय सहमति भएको छ । त्यसैगरी मोदी, जलजला, महाशिलामा पनि मतगणना शुरु हुन लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
आज साँझ सम्म केहि वडाहरुको र भोलि विहानसम्म सवैजसो ठाउँको मतपरिणाम आइसक्ने जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।
जिल्लामा रहेका कुल ९९ हजार २ सय ४३ मत मध्ये ६९ हजार १ सय ५४ ७५ जनाले मतदानमा सहभागिता जनाएका हुन् । भने ३० हजार भन्दा बढिले मतदानमा सहभागिता नजनाएको पाइएको हो । जस मध्ये महिला ३९ हजार १ सय ९७ र पुरुष २९ हजार ८ सय ७८ जना सहभागि भएका हुन् ।
कुश्मा नगरपालिकामा १७ हजार ६ सय ११, फलेवास नगरपालिकामा १२ हजार ९ सय ७६, मोदी गाउँपालिकामा १० हजार ९ सय ४१ , जलजला गाउँपालिकामा ९ हजार ६ सय ४९ मत खसेका हुन् । यसैगरी पैंयु गाउँपालिकामा ६ हजार ८ सय २४, विहादि गाउँपालिकामा ६ हजार २ सय १६ र महाशिला गाउँपालिकामा ४ हजार ८ सय ५८ मत खसेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।
जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाका १ सय २९ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको थियो ।




