Print

पर्वतमा यसरी हुँदैछ मतगणनाको तयारी, आजैबाट नजिता आउने शुरु हुने

१ जेष्ठ, पर्वत । जिल्लाका ७ वटै स्थानीय तहको मतगणना आजबाट शुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सवै स्थानीय तहको मतपेटिका आइतबार राती नै स्थानीय तहको मुकामसम्म आइपुगेको र मतगणना भने आजबाट शुरु हुन लागेको छ ।

झण्डै ७० प्रतिशत मत खसेको पर्वतमा २ नगरपालिका र ५ गाउँपालिका रहेका छन । कुल ६१ वडामा भएको मतदानको नतिजा आजबाट आउन शुरु हुनेछ । जिल्लामा मुख्य गरी नेकपा एमाले र नेपाली कांग्रेस वीच नै उच्च प्रतिस्पर्धा हुने देखिएको छ । तिव्र प्रतिस्पर्धा भएका कारण मतपरिणामको सहज आकलन भने मतदानाहरले नै गर्न सकिहेका छैनन । आजबाट शुरु हुने मतगणनाको कार्य सवै स्थानीय तहको केन्द्रमा हुनेछ ।

जलजलागाउँपालिकाको मतगणना माझफाँटमा हुनेछ भने कुश्मा नगरपालिकाको मतगणना जिल्ला अदालत कुश्मामा हुनेछ । यसैगरी मोदीगाउँपालिकाको मतगणना पातिचौर बजारमा हुनेछ, उता फलेवास नगरपालिकाको मतगणना भने खानीगाउँमा हुनेछ । त्यसैगरी महाशिला गाउँपालिकाको बालाकोट र बिहादी गाउँपालिककाको वहाकीमा मतगणना हुनेछ । उता पैयूैगाउँपालिकाको भने हुवासको हातेमालो चोकमा हुने कार्यालयले जनाएको छ ।