Print

पर्बतमा ७० प्रतिशत मत खस्यो

१ जेष्ठ, पर्वत । स्थानीय तह निर्वाचनका लागि भएको मतदानमा पर्बतमा ७० प्रतिशत मत खसेको छ । जिल्लाका ७ स्थानीय तहहरुमा औसतमा ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्बतले जनाएको छ । पर्बतका ७ वटै स्थानीय तहहरुमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत मोहनराज भट्राईले जानकारी दिनुभयो । अहिले मतपेटीका संकलन भइरहेको र भोलि विहान मतगणना सुरु गर्ने उहाले बताउनुभयो ।

पर्वतका सातवटै स्थानिय तहमा विहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो । सबै मतदान स्थलमा एकैसाथ शुरु भएको मतदान सबै ठाउँमा साँझ ५ बजे सम्पन्न भएको छ । १ सय २९ मतदान स्थल रहेको पर्बतमा ७४ मतदान केन्द्र छन् । ९९ हजार २ सय ४३ मतदाता रहेको पर्बतमा १६ दलका १ हजार ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । स्थानिय तहको निर्बाचनको लागि पर्बतमा ८० हजार ६ सय ४५ जनाले मतदाता परिचय पत्र लिएका थिए ।
मतगणनाको विषयमा निर्णय नभैसकेको र स्थानिय राजनीतिक दलहरुको सहमतिमा केहि स्थानमा हुन सक्ने बताइएको छ ।