Print

एमाले कुश्माको अन्तिम चुनावी सभा पाङ र खुर्कोटमा, पाङबाट १ सय २० जना पार्टी प्रवेश (तस्विरहरु सहित)

२८ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमाले कुश्मा नगरकमिटिले आयोजना गरेको अन्तिम चुनावी अभियान कुश्मा नगरपालिका वडा न १ र २ मा सम्पन्न भएको छ । कुश्मा नगरपालिका १ पाङमा आयोजीत ३ वटा छुटाछुट्टै कार्यक्रममा १ सय २० जना भन्दा बढि एमालेमा पार्टी प्रवेश गरेका छन । उनीहरु नेपाली कांग्रेस र माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन ।

पाङमा आयोजीत ३ वटा सभा र खुर्कोटमा आयोजीत एउटा सभालाई एमालेका वैकल्पिक केन्दिय सदस्य गोविन्द नेपाली, अनुशासन आयोजका सदस्य गणेशराज पौडेल, प्रदेश कमिटि सदस्य मनोहर वि. पौडेल, नगरप्रमुखका उमेदवार मेघनाथ सुवेदी, पार्टी उप सचिव गोविन्द पहाडी, उप प्रमुखका उमेदवार मुवादेवी शर्मा लगाएतले सूर्यमा मतदान गर्न आब्हान गर्दै मन्तब्य ब्यक्त गरेका थिए । कुनपा १ पाङका वडा अध्यक्षका उमेदवार देवेन्द्र सुवेदी र कुनपा २ खुर्कोटका वडा अध्यक्षका उमेदवार शेषराज रेग्मीले कार्यक्रमहरुमा आफ्ना प्रतिबद्धता मन्तब्य समेत ब्यक्त गरेका थिए ।

नेपाली कांग्रेसको आधार इलाको रुपमा परिचित पाङमा आयोजीत कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुलाई एृक कार्यक्रमका वीच वैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपाली, अनुशासन आयोगका सदस्य गणेशराज पौडेल र नगरप्रमुखका उमेदवार मेघनाथ सुवेदी लगाएतका नेताहरुले टिका तथा खादा लगाई एमालेमा स्वागत गरेका थिए ।

यसैगरी नेपाली कांग्रेस र अन्य दलहरुले पनि आज अन्तिम चुनावी अभियान सञ्चालन गरे । नेपाली कांग्रेस कुश्मा नगरकमिटिले नगरका विभिन्न ठाउँमा चुनावी अभियान सञ्चालन गरेको थियो । अभियानलाई पार्टीका पुर्व सभापति नवराज गुरुङ, लालकाजी गुरुङ, नगरप्रमुख पदका उमेदवार रामचन्द्र जोशी लगाएतले सम्बोधन गरेका थिए ।

एमाले चुनावी कार्यक्रमका थप तस्विरहरु