Print

मतदाता प्रभावित पार्दै कांग्रेस, मोदीगाउँपालिकाको देउरालीमा चामल वितरण

२८ वैशाख, पर्वत  । स्थानिय तहको चुनाव नजिकिदै जाँदा पर्वतको देउराली गाविसमा मतदाताहरुलाई चामल वितरण गरेको छ ।

मोदी गाउँपालिका वडा नं. ३ देउरालीको लाङ्दी र मुलिचौरका दलित समुदायमा चामल दाल लगायतका खाद्यान्न वितरण गरिएको हो । नेपाली काँग्रेसको तर्फवाट उक्त वडाका वडा सदस्यका उम्मेदवार कर्णबहादुर पुन लगायतका नेताहरुले दलित समुदायका भोट आफ्नो पक्षमा पार्नका लागि दबाब दिँदै आएको र एमाले निकट र अन्य सर्वसाधारण मतदातालाई प्रभाव पार्नका लागि चामल आफुहरुलाई भिराएको स्थानिय वासी धनकाजी दमाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनिहरुले दलित समुदायलाई आफ्नो पक्षमा मतदान गर्न पटक पटक दबाब समेत दिँदै आएका थिए । आफ्नो पक्षमा मत पार्नका लागि प्रभावित बनाउन दुई जिप चामल वितरण गरेको नेकपा एमाले वडा नंं ३ का अध्यक्ष रनबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार चामल लिएका एमालेका कार्यकर्ताहरुले आफुकहाँ तीन बोरा चामल लिएर आएको बताउनुभयो ।

उनिहरुले केहि दिनदेखि दलित समुदायका व्यक्तिहरुलाई काँग्रेसलाई भोट दिन भन्दै डरधम्की समेत देखाउँदै आएका थिए । उता नेकपा एमाले गाउँ कमिटिको वैठक बसी आचारसंहिता विपरीतको कार्य भएको भन्दै कारवाहिका लागि माग गरिएको अध्यक्ष रनबहादुर पुनले जानकारी दिनुभयो ।