४ वैशाख, पर्वत । पर्बत जिल्लामा ट्राफीक सक्रियता बढेका छ । गत आर्थिक वर्ष देखि बढेको सक्रियता चैत्रमा झनै बढेको छ । सवारी व्यबस्थापनका लागि पर्बतमा सक्रियता बढाइएको ट्राफिक प्रहरी कार्यालय पर्बतले जनाएको छ । कार्यालयका अनुसार चैत्र महिनामा मात्र झण्डै ५ लाखको हाराहारीमा राजश्व संकलन गरिएको छ भने ८६१ सवारी साधनहरु कारवाहीमा परेको ट्राफीक प्रहरी कार्यलयका प्रहरी जबान सुदिप सापकोटाले जानकारी दिनुभयो ।
ट्राफीक नियमहरुको पालना नगर्ने ८ सय ६१ वटा साना तथा ठूला सवारीलाई चेक जाँच गरी कारवाहि स्वरुप उक्त रकम संकलन गरीएको उहाले जानकारी दिनुभयो । जसमध्ये सबैभन्दा धेरै कार तथा जिप कारबाहिमा परेका छन् ।
चैत्र महिनामा मात्र २ सय ६७ कार जिप कारबाहिमा परेका छन् भने उनिहरुबाट १ लाख ४३ हजार राजश्व संकलन भएको छ । त्यस्तै २ सय ४९ मोटर साईकल कारवाहिबाट १ लाख ५३ हजार ६ सय, १ सय ६० बसको कारवाहिबाट ८८ हजार तथा ९२ ट्रकको कारवाहिबाट ५१ हजार राजश्व संकलन भएको छ । त्यस्तै चैत्र महिनामा मात्र मापसे सेबन गरि सबारी साधन चलाउने १५ जना भन्दा बढी कारवाहिमा परेको ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।
एक महिनाको अबधिमा साना तथा ठुलो गरि दुई सबारी र्दुघटना भएको छ । चालक र यात्रुको लापरवाहिको कारण १ ट्ेक्टर र १ जिप र्दुद्धटना भएको ट्राफिक प्रहरी कार्यलय पर्बतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । उहाका अनुसार सडकलाई व्यवस्थापन गर्न र सवारी साधन र चालकले नियम उलङघन गरेकाहरुलाई कारवाही गरिएको हो ।
चैत्र महिनामै चालकहरुलाई सचेतना गराउने उदेश्य स्बरुप बाटोमै १ मिनेट रोकेर चेतना जगाउने कार्यक्रम समेत गरिएको उहाले बताउनुभयो। साथै कुश्मा बजारको मुख्य स्थान शिबालय चोकमा ट्याक्सी चालकहरुलाई ट्राफिक ज्ञान सहित जनचेतना मुलक कार्यक्रम समेत गरिएको उहाले जानकारी दिनुभयो ।– सुबास लामिछाने




