Print

गौवध मुद्धाका अपराधिलाई पर्वत प्रहरीले ४ बर्ष पछि समात्यो

३ चैत्र, पर्वत । गौबध मुद्धा अन्तर्गत अदालतले सजाय सुनाएका एक अपराधिलाई पर्वत प्रहरीले पक्राउ गरेको छ । पर्वतको साविकको रानीपानी गाविस वडा न करिव ४ बर्ष रमणबहादुर खडकालाई पर्वत प्रहरीले प्रक्राउ गरेको हो ।

उनी विगत ४ बर्ष देखि फराहर थिए । फराहर रहेर भारतमा बस्दै आएका उनलाई पर्वत जिल्ला अदालतले १४ महिना कैदको फैसला गरेको थियो । खडकालाई इलाका प्रहरी कार्यालय हुवासले वैशाख २ गते शनिवारका दिन प्रक्राउ गरेको हो ।

पक्राउ परेका खडकालाई थप कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । खडकालाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो ।