२८ चैत्र, पर्वत । नेपाली काँग्रेस पर्वतले आसन्न स्थानीय तहको निर्वाचनका लागि तिव्र तयारी थालेको छ । आगमी बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पकट जमाउनका लागि नेपाल काँग्रेस पर्वतले चुनाव लक्षित रणनीति बनाउन सुरु गरेको छ । पार्टीको पक्षमा निर्वाचन माहौल बनाउन नेपाली काँग्रेस पर्वतले आईतवार आफ्ना विभिन्न भातृ तथा शुभेच्छु संघसंस्थाहरु सँग बसेर छलफल तथा अन्र्तक्रिया गरेको छ ।
निर्वाचन आफ्नो पक्षमा बनाउन नेपाली काँग्रेस पर्वतले विभिन्न उपसमिति समेत गठन गरेको छ । नेपाली काँग्रेस पर्वतले दिएको जानकारी अनुसार पार्टी सभापति खिमप्रसाद भुषालको संयोजत्वमा निर्वाचन परिचालन उपसमिति, पार्टी सचिव विश्वप्रकास प्रसाईको संयोजत्वमा संगठन परिचालन तथा प्रचार–प्रसार उपसमिति,अर्का सचिव युक्तप्रसाद श्रेष्ठको संयोजत्वमा मतदाता शिक्षा तथा सचेतना उपसमिति, उपाध्यक्ष दुर्गावहादुर खत्रीको संयोजत्वमा निर्वाचन अनुगमन उपसमिति र नेपाल तरुणदल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी(राज)को संयोजत्वमा सुरक्षा समन्वय उपसमिति गठन गरेको जनाएको छ । साथै नेपाली काँग्रेस पर्वतले पोखरामा आयोजना हुन लागेको प्रदेश नम्वर ४ को प्रदेश सभामा पर्वतवाट २ हजार कार्यकर्ता सहभागि हुने जनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका संसद सदस्य अर्जुन प्रसाद जोशीले स्थानीय तहको निर्वाचनमा काँग्रेसले जितेमात्रै देश समृद्ध वन्ने र अहिलेसम्मका एतिहासिल उपलब्धिहरु संविधानको कार्यान्वयन हुने, सबै स्थानीय तहमा नागरिकहरुले राज्यको अनुभुत गर्न सक्ने वताउनुभयो । जोशीले अहिले एमाले र मधेशवादी दलहरुले निर्वाचन हुन नदिने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै निर्वाचन रोक्न खोज्ने कुनै पनि दुष्प्रयासलाई जनताले तह लगाउनुपर्ने वताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले सङ्घीय लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि काँग्रेसले जित्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसमा युवा तथा अन्य पार्टीका कार्यकर्ताहरुको आकर्षण बढ्दै गएका कारण पनि नेपाली काँग्रेसको जित सुनिश्चित भएको बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपाध्यक्ष दुर्गावहादुर खत्री लगायत विभिन्न भातृ संस्था, शुभेच्छुक संस्था एवम् अगुवा कार्यकर्ताहरुले आफ्नो भनाई तथा सुझाव राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन तथा स्वागत मन्तव्य नेपाली काँग्रेस पर्वतका पार्टी सचिव विश्वप्रकास प्रसाईले गर्नुभएको थियो । – साजन परियार





प्रतिकृया दिनुहोस्