Print

यी हुन पर्वतका सम्भावित कान्छा उमेदवार

२८ चैत्र, पर्वत । पर्बतको जलजला गाउँपालिका बडा नम्बर ७ मा बडा अध्यक्षको रुपमा सबैभन्दा कान्छो उम्मेदबार दिपेन्द्र सुबेदिले आफु बडा अध्यक्षमा उठ्ने दाबि गरेका छन् । नेकपा एमालेको तर्फबाट उनि ७ नम्बर बडाको अध्यक्षको दाबेदार रहेको बताएका छन् ।

साबिकको धाईरिङ्ग गाबिसको युबासंघको अध्यक्षको नेतृत्ब सम्माल्दै आएका उनि यतिबेला बडा अध्यक्षको दाबेदार बनेका हुन । २०४७ सालमा जन्मेका उनि अहिले उमेरले २६ बर्ष पुगेपनि बडा अध्यक्ष पदको लागि आफु योग्य रहेको दाबि गरेका छन् । युबाहरु अहिलेको आबश्यकता रहेकोले सक्षम र फरक प्रतिभा आफुसंग रहेकोले आफुले अध्यक्ष पदमा उम्मेदबारी दिन लागेको बताए ।

आफुसंग संस्थागत विकासको विस्तृत योजना र सबैलाई मिलाएर लैजाने सक्ने क्षमता रहेको भन्दै यहि बैशाख ३१ गते हुन लागिरहेको स्थानिय तह निर्बाचनको लागि जलजला गाउँपालिकाको कान्छो उम्मेदबारको रुपमा आफुले उम्मेदबारी घोषणा गर्न लागेको बताए । सामाजिक तथा बिभिन्न क्षेत्रमा क्रियाशिल सुबेदि हाल सल्यान युबा क्लबका अध्यक्ष, आरम्भ नेपालको सचिब, प्रतिफल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक,रोट्याक्ट कल्ब अफ पर्बतका सदस्य तथा नेकपा एमालेको पार्टी संगठित सदस्य समेत रहेका छन् ।

साबिकको धाईरिङ्ग ४ सल्यान घरभई हाल जलजला गाउँपालिकको कान्छो उम्मेदबारको रुपमा उम्मेदबार दिन लागेका सुबेदि बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका छन् । उनि संगै नेकपा एमालेको तर्फबाट ७ नम्बरमा  पुर्ब अध्यक्ष गोबिन्द जैसि, हालका अध्यक्ष ओमबहादुर बुढा, हालका सचिब बेदनाथ आचार्य पत्रकारीतामा सक्रिय शिव आचार्य पनि दाबेदारको रुपमा उक्त वडामा रहेका छन् ।

उता, मोदीगाउँपालिकाको तिलाहार वडाबाट युवा संघ पर्वतका अध्यक्ष विमल लामिछानेले पनि वडा अध्यक्ष अध्यक्षको रुपमा प्रस्तुत हुने भएका छन । उनलाई वडा कमिटिले जिल्ला कमिटिमा वडा अध्ध्यक्षको लागि सिफारिस समेत गरिसकेको छ । पछिल्लो स्थानीय चुनावमा उमेदवार बनेका र सोहि दशकमा जन्मेका जेष्ठ र युवा नेताहरु वीचको चुनावी घम्साघम्सि हेर्न लायक हुने अनुमान गरिएको छ । जिल्ला युवा समितिका अध्यक्ष समेत रहेका लामिछाने एमालेको जिल्ला कमिटि सदस्य समेत हुन । वडाबाट सर्वसहमत भएका कारण उनलाई जिल्ला कमिटिले उमेदवार बनाउने निश्चित देखिएको छ ।–सुवास लामिछाने

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस