२४ चैत्र, पर्वत । नेपाली कांग्रेस कुस्मा नगर समितिले पर्वतको कुस्मा नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उमेदवार सिफारिस गरेको छ । सिफारिससंग कांग्रेस भित्र असन्तुष्टी बढेर गएको छ । कुस्मा नगर समितिको बुधबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदमा नगर संयोजक रामचन्द्र जोशी र उपप्रमुखमा महाधिबेशन प्रतिनिधी सिता काफ्ले लामिछानेलाई सिफारिस गरेको हो ।
बैठकले जोशीलाई प्रमुख र लामिछानेलाई उपप्रमुखमा सर्वसम्मत निर्णय गरि सिफारिस गरिएको कोषाध्यक्ष शिबराज शर्माले जानकारी दिए । बैठकमा अन्य आकाँक्षी नदेखिएका कारण सर्वसम्मत रुपमा दुई जनाको नाम सिफारिस गरिएको बताइएको छ । कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुख र उपप्रमुखमा ठुलै संख्यामा आकाँक्षीहरु रहेका छन ।
नगर समितिले भने प्रमुख र उपप्रमुखमा एक एक जनाको नाम मात्रै सिफारिस गरेको छ । नगरसमितिले वैशाख ७ गते भित्र क्षेत्रिय समितिमा उमेदवारको नाम सिफारिस गर्नुपर्ने ब्यबस्था पार्टीले गरेको छ । नगर समितिले सिफारिस गरेको नाममा थपघट गरेर क्षेत्रिय समितिले उमेदवारको आफै निर्णय गर्न सक्ने छ भने बिबाद भएमा जिल्ला समितिमा सिफारिस गर्ने ब्यबस्था छ । उमेदवारको अन्तिम निर्णय भने वैशाख दोस्रो साता मात्रै हुनेछ ।
वडा कमिटीहरुबाट सिफारिस भएर आएपछि नगरसमितिले उमेदवारहरुको सिफारिस गरेको भए उपयुक्त हुने भन्दै निर्णयमा असन्तुष्टि समेत देखिएको छ । कांग्रेसका युवा नेता मोहन आचार्यले वडाको सिफारिस आएपछि निर्णय गर्नुपर्नेमा हतारमा निर्णय भएको बताए । ‘जोशी आफै संयोजक रहेको समितिले हतारमा आफैलाई मात्रै निर्णय गराउनु हुन्थेन’ अन्य आकाँक्षीहरुको नाम पनि क्षेत्रिय समितिमा पठाउनुपथ्र्यो’ कुस्मा नगरपालिका वडा न ४ को वडा समितिले भने रामचन्द्र जोशी र मोहन आचार्यको नाम प्रमुखमा सिफारिस गरेको छ ।
नगरप्रखुका अर्का आकाक्षी डा. चूडामणी शर्माले भने एकलौटि दङगले गरिएको सिफारिस प्रति असन्तोष जनाए । उनले वडा तहको वैठकहरुमा उक्त एजेण्डाले प्रवेश पाउने दाबी समेत गरे । आकाक्षीहरुको नाम उल्लेख नै नगरी एकलौटि ढङगले पौडेल पक्ष अगाडि बढ्न खोजेको भन्दै देउवा पक्ष असन्तुष्ट बनेका छन ।
उनीहरुले कमिटि बाहिर रहेका नेताहरुको कुरा नसुनि एकपक्षीय ढङगले गरेको निर्णय आफूहरुलाई अमान्य हुने बताउँन थालेका छन । उता, जोशीले भने कमिटिले गरेको निर्णय नै आधाकारिक भएकाले यस विषयमा पुर्न निर्णय नहुने स्पष्ट पारेका छन ।





प्रतिकृया दिनुहोस्