Print

तिलाहारका मृगौला पिडितलाई प्रवासीको सहयोग

२४ चैत्र, पर्वत । युवा सेवा समाज कतारले मोदी गाउँपालिका–६ तिलाहार निवासी मिर्गौला पीडित कृष्णबहादुर लामिछानेलाई आर्थिक सहयोग गरेको छ । समाजले बुधबार कृष्ण लामिछानेको गाउँमै पुगेर ९० हजार ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । समाजका अध्यक्ष तिलाहार निवासी दिपेन्द्रजंग लामिछाने र सहयोग संकलन समितिका संयोजक चिन्तामणि पौडेलको सक्रियतामा कतारमा रहेका नेपालीहरुका बीचबाट उक्त रकम संकलन गरिएको हो ।

बुधबार एक कार्यक्रमबीच पर्वत जिल्ला क्षेत्र नं २ का सांसद विकास लम्साल तथा समाजका संगठन विभाग प्रमुख अजय बिकले सयुक्त रुपमा पीडित कृष्ण बहादुरका पिता मनबहादुर लामिछानेलाई रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद विकास लम्सालले अभियानलाई सक्दो सहयोग गर्ने र आफू सधैँ पीडित परिवारसँगै हुने बताए । साँसद लम्सालले विदेशमा गाँस काटेर सहयोग गर्ने प्रवासीहरुको उच्च प्रसंसा गरे । उनले भने ‘विदेशमा दुख गरेर पठाएको रकमले कृष्णले नयाँ जीवन पाउन ।

स्थानीय नव जागृत उमावि तिलाहारबाट एसइइ परीक्षा दिएर बसेका कृष्णको दुई महिनाअघि दुवै मिर्गौला फेल भएका थिए । उनी अहिले गण्डकी मेडिकल कलेजमा पोखरामा उपचाररत छन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनको थप उपचारमा समस्या आएको समचार केही दिन अघिमात्र प्रकाशित भएको थियो । कृष्णको उपचार गर्नका लागि यसअघि पनि विभिन्न ठाउँबाट आर्थिक सहयोग जुटाइँदै आएको छ। यसअघि भारतबाट राम शर्माको संयोजकत्वमा १६ हजार ८ सय ८० रुपैयाँ सहयोग संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

विद्यालयका शिक्षकहरुले पनि सहयोग रकम जुटाउनका लागि अगुवाई गर्दै आएका छन् । शिक्षक, विद्यार्थी र विद्यालयका तर्फबाट उनको उपचारका लागि डेढलाख बराबरको रकम उपलब्ध गराएको प्रचार्य विष्णुप्रसाद सुवेदीले जानकारी दिए । विद्यालयका जेहेन्दार छात्र कृष्णको उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले विद्यालयले विभिन्न देशमा रहेका भूतपूर्व विद्यार्थी र सुभचिन्तकहरुमा आह्वान गरेको प्रचार्य सुवेदी बताउँछन् । उनले थप उपचारका लागि सहयोग पु¥याउन सबैमा आह्वान समेत गरे ।– रोशन तिवारी

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस