१८ चैत्र, पर्वत । जिल्लाको मोदीगाउँपालिका तिलाहारबाट २ युवालाई बलात्कारको अरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । साविकको तिलाहार गाविस वडा न ७ का दुई युवालाई कुश्मा नगरपालिका ११ पकुवा, छापाकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
२१ बर्षिया एक युवतीलाई मादक पदार्थ सेवन गरेका उनीहरुले बलात्कार गरेको भन्ने परिवारको जानकारी पछि प्रहरीले विहिबार राती उनीहरुलाई नियन्त्रणमा लिएको छ । साविकको तिलाहार ७ का ३१ बर्षिया सुरेश लामिछाने र २७ बर्षिया सन्दीप केसीलाई प्रहरीले पक्राउ गरेको छ । मानसिक रुपमा अपांग ति युवतीलाई मादक पदार्थ सेवन गरेका उनीहरुले कोठामा लगि जवरजस्ती गरेको पिडित युवतीकी आमाले पर्वत न्यूजलाई जानकारी दिइन ।
मादक पदार्थ सेवनबाट अचेत जस्तै बनेका उनीहरुलाई विहिबार राती नै आफूले प्रहरी बोलाएर नियन्त्रणमा लिन लगाएको पिडित युवतीको आमा बताउँछिन ।
उता प्रहरीले भने पक्राउ परेकन उनीहरुलाई मेडिकल जाँच र पिडितको लिखित जाहेरी आएपछि मात्र यस बारेमा भन्न सकिने बताएको छ । प्रहरी नायव उपरिक्षक शेखर खनालले पिडितको मौखिक उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको र अनुसन्धान भईरहेको जानकारी दिए ।





प्रतिकृया दिनुहोस्