Print

पर्वतमा ग्रामीण यात्रा सहज बन्दै, यस बर्ष ३ वटा पक्कि मोटरेवल पुल निर्माण हुँदै (पुलहरुको विवरण सहित)

१७ चैत्र, पर्वत । जिल्लाका ग्रामीण सडकहरुको अवस्था नाजुक भएपनि यात्रा सहजताका लागि थप ३ वटा मोटरेवल पुल निर्माण हुँदैछन ।

सडक डिभिजन कार्यालय बागलुङले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा जिल्लाका विभिन्न खोलामा ३ वटा मोटरेवल पुल निर्माण हुन लागेका हुन ।

चालु आर्थिक बर्षमै सम्पन्न गर्ने गरी घुम्ति लाम्पाटा सडक खण्डको रिठे खोला माथि झण्डै ५० मिटर लामो पुल निर्माणधिन अवस्थामा छ । उक्त पुलको झण्डै ५० प्रतिशत भन्दा बढि निर्माण कार्य सकिएको निर्माण ब्यवसायी राजु पौडेलले जानकारी दिए ।

उक्त मोटरवेल पुल निर्माण सम्पन्न भएपछि कुश्माबाट मालढुंगा र वेनीसम्मका लागि उक्त क्षेत्रको सडक वैकल्पिक राजमार्गको रुपमा विकसित हुनेछ । उक्त मोटरवेल पुलबाट खुर्कोट, पाङका स्थानीयले प्रत्यक्ष रुपमा सेवा लिन पाउने छन । यसैगरी मल्याङदी खोला माथि पनि पक्कि मोटरेवल पुल निर्माधिन अवस्थामा छ ।

उक्त पुलको ७० प्रतिशत भन्दा बढि काम सकिएको निर्माण ब्यवसायी यज्ञ थापाले जानकारी दिए । त्यसैगरी रतिखोलामा अर्को मोटरवेल पुलको निर्माण कार्य पनि शुरु भएको छ । जग्गा विवादका कारण रोकिएको उक्त पुलको निर्माण कार्य जग्गा विवाद समाधान भएपछि केहि महिना अघिबाट शुरु भएको छ ।

निर्माण कार्यको पहिलो चरणमा फाउन्डेसनको काम भईरहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार आगामी आर्थिक बर्षमा उक्त पुलको सम्पूर्ण निर्माण कार्य पुरा हुनेछ । यो पुल मोदी गाउँपालिका अन्तर्गत तिलाहार वडामा निर्माणधिन अवस्थामा छ ।

उक्त पुलले डिमुवा तिलाहार राम्जा र चित्रे जोड्ने सडकको यात्रालाई सहज बनाउनेछ ।
यसैगरी मल्याङदी खोलाको पुल भने कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने गरी निर्माणधिन अवस्थामा छ । कुश्माको कटुवाचौपारी र फलेवासको शंकरपोखरी अन्तर्गतको साइकलचोक शंकरपोखरी सडक खण्डमा उक्त पुल निर्माणगर्न लागिएको हो । उता, रिठेखोला माथिका पुल भने घुम्ति लाम्पाटा पाङ सडक खण्डमा निर्माणधिन अवस्थामा छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस