१७ चैत्र, पर्वत । नेकपा एमाले प्रति पछिल्लो समय जनताको आकर्षण बढेर गएको छ । स्थानीय तहको चुनाव नजिकीएसंगै एमालेमा प्रवेश गर्नेहरुको लहर देश भरी बढिरहेको देखिन्छ । मुख्य गरी साना पार्टीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लहर चलिरहेको छ ।
नेकपा माले समाजवादी मकवानपुरका अध्यक्ष सहित सम्पूर्ण ५६ जना जिल्ला कमिटि नेकपा एमालेमा समाहित भएको छ ।
आज हेटौँडामा एमालेले गरेको पार्टी प्रवेश कार्यक्रममा माले समाजवादीका अध्यक्ष सन्तोष घिमिरे, उपाध्यक्ष विकास दाहाल, सचिव होमनाथ दाहाल सहित सम्पूर्ण जिल्ला कमिटि एमालेमा प्रवेश गरेको हो ।
प्रवेश पश्चात कार्यक्रममा बोल्दै समाजवादीका अध्यक्ष घिमिरेले एमालेको एजेण्डाले मात्र मुलुकले गति लिने र देशमा विकासको मुल फुटने भएकोले आफुुहरु एमालेमा समाहित भएको बताए ।
एमाले केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि न्यौपाने सहित एमाले केन्द्रीय सदस्य बिरोध खतिवडा, एमाले मकवानपुरका पदाधिकारीहरुले नव प्रवेशीलाई अबिर र खादा लगाएर एमालेमा स्वागत गरेका थिए । कार्यक्रम एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको हो ।





प्रतिकृया दिनुहोस्