१७६ चैत्र, पर्वत । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य रवीन्द्र शाहको हत्याको विरोधमा नेपाल विद्यार्थी संघ पर्वतले विहिबार कुश्मामा विरोध जनाएको छ ।
संघले गुप्तेश्वर बहुमुखी क्याम्पस अगाडि कुश्मा बागलुङ राजमार्गमा १ घण्टा जक्का जाम गर्दै विरोध जनाएको हो । विरोध कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन पौडेल, गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववीयू सभापति शिशिर क्षेत्री, शिवालय बहुमुखी क्यामपसका इकाइ सभापति विषन खत्री लगाएतले विरोध सभालाई सम्बोधन गरेका थिए ।
कार्यक्रमको सञ्चालन भने नेपाली संघका सचिव वरदान पौडेलले गरेका थिए । विद्यार्थीसंघले आफ्ना नेता शाहको हत्याका विषयमा तत्काल अनुसन्धान गरी अभियुक्तलाई तुरुन्त कारबाहीको माग समेत गरेको छ ।






प्रतिकृया दिनुहोस्