१५ चैत्र, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनिएको निर्वाचन अन्तर्गत आरआर क्याम्पसमा अनेरास्ववीयूको प्यानल विजयी भएको छ ।
काठमाण्डौको प्रदर्शनीमाग्िस्थत आरआर क्याम्पसमा अनेरास्ववियुले भारी मतका साथ जित हासिल गरेको हो ।
अनेरास्ववियुका अध्यक्षका उम्मेदवार तपेन्द्रबहादुर शाहीले ६५१ र नेपाल विद्यार्थी सङ्घबाट उत्तमबहादुर साउदले ३०९ मत प्राप्त गरेको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिए ।
निर्वाचनमा कुल मतदाता तीन हजार ५८१ मध्ये एक हजार २७६ मतदाताले मतदान गरेका छन् । दुईपटक स्थगित भएको निर्वाचनको मतदान बिहान ८ देखि साँझ ५ बजेसम्म भएको थियो ।





प्रतिकृया दिनुहोस्