Print

एमाले पर्वतले २ नगरपालिका र ५ गाउँपालिकाका संयोजक तोक्यो (नामावली सहित)

१५ चैत्र, पर्वत । नेकपा एमालेको केन्द्रिय कमिटिको सर्कुलर अनुसार एमाले पर्वतले पुर्नसंरचना बमोजीमको गाउँ र नगर संयोजकहरुको टुंगो लगाएको छ ।

गाउँ र नगरको अर्को अधिवेशन नहुञ्जेलसम्मका लागि परिर्वतीत संरचना बमोजीम जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकाका संयोजक टुंगाएको हो । साविकको गाउँ कमिटि, नगरकमिटि र इलाका कमिटि केन्द्रिय कमिटिले विघटन गरीसकेको छ ।

जिल्ला कमिटिले साविकका सवै कमिटि विघटनसंगै ५ गाउँपालिका र २ नगरपालिकाका संयोजक र सह संयोजकको टुंगो लगाएको हो । यस अघि नै एमालेले वडा स्तरको उमेदवार छनौट गर्ने अधिकार गाउँ वा नगर कमिटिको सिफारिसमा जिल्ला कमिटि र गाउँ तथा नगरपालिका प्रमुख र उपप्रमुख छनौटको अधिकार प्रदेश कमिटिलाई दिएको छ ।

आज सदरमुकाम कुश्मा बजारमा बसेको एमालेको जिल्ला कमिटि बैठकले जलजला गाउँपालिकाको संयोजकको रुपमा एमाले प्रचार विभागका प्रमुख समेत रहेका लालबहादुर अधिकारीलाई जिम्मा दिएको छ । यसैगरी उप संयोजक भने टुंगनाथ पौडेललाई तोकिएको छ । कुश्मा नगरपालिकामा यम गुरुङलाई संयोजक र विष्णु नेवारलाई सह संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

उता, मोदी गाउँपलिाकमा भने संयोजकको जिम्मेवारी दाताराम तिमिल्सीना र सह संयोजक सेती महतलाई तोकिएको छ । यसैगरी फलेवास नगर पालिकामा मञ्जु अधिकारीलाई संयोजक र पिताम्बर घिमिरेलाई सह संयोजक तोकिएको छ ।
केन्द्रिय कमिटिले बरिष्ठताका आधारमा संयोजक र सह संयोजक तोक्ने गरी बनाएको मापढण्डका आधारमा बिहादी गाउँपालिकामा संयोजक लालबहादुर गुरुङ र सह संयोजक कमल भुषाललाई तोकिएको एमाले पर्वतका उपाध्यक्ष भक्त कुवंरले जानकारी दिए ।

कुवंरका अनुसार पैयू गाउँपालिकाको संयोजकको जिम्मेवारी भने उमाकान्त सुवेदी र सह संयोजकको जिम्मेवारी रेशमलाल न्यौपानेलाई तोकिएको छ । एमालेको आज बसेको वैठकले महाशिला गाउँपालिकाको संयोजकको जिम्मेवारी इश्वरी भुषाल र सह संयोजकको जिम्मेवारी विष्णुराम विकलाई तोकिएको छ ।

वैठकले १ हजार १ सय ११ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटि निर्माण गरेको छ । प्रदेशका विभागीय सदस्यहरु जिल्ला कमिटिका सल्लाहकार, सदस्य क्षेत्रीय सदस्यहरु समेत रहने गरी उक्त निर्वाचन परिचालन कमिटि गठन गरेको उपाध्यक्ष कुवंरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस