१५ चैत्र, पर्वत । पछील्लो समय नेकपा एमाले पार्टी तर्फ जनताको अकर्षण बढेको छ । स्थानिए निकाएको चुनावको पुर्व सन्ध्यामा पर्वतको बिहादी गाउँपालिका वडा नं. ६ उराममा करिब ५० जना नेपाली काङग्रेस र माओवादी केन्द्र लगाएतको पार्टी परित्याग गरी एमालेमा प्रबेश गरेका छन् ।
उनीहरुलाई एमालेका प्रभाबशाली नेता एवं पर्वत क्षत्र नं. २ का सांसद विकास लम्सालले टिका,फुलमाला र खादा ओढाएर एमालेमा स्वागत गर्नुभएको हो ।
माओवादीमा ‘जनयुद्ध’ बाट सर्वहाराको राज्य ब्यबस्था ल्याउन लडेपनि त्यो नेतृत्वबाट सम्भव नभएकाले एमालेमा प्रबेश गरेको माओवादी केन्द्रबाट एमालेमा प्रबेश गरेका्े बेद प्रसाद भुषालले बताउनुभयो । एमाले खुला किताब जस्तै भएकाले देखिने रुप र सार एउटै भएकाले एमालेमा प्रबेश गरेको उहाँले बताउनु भयो ।
त्यस्तै काङग्रेसको नारा र कार्यशैली फरक भएकाले आफुहरुले काङग्रेसमा विताएको समयको पश्ताचाप बाहेक केही नभएकोले आफु एमालेमा आएको दुर्गा भुषालले बताउनुभयो । एमालेमा प्रबेश गरेकाहरु लाई स्वागत गर्दै सांसद लम्सालले एमाले बिचार र संगठनका हिसाबले नेपालका कम्युनिष्टहरुको केन्द्र भएको भन्दै अन्य पार्टीमा रहेका जनताको बहुदलीय जनवादमा बिश्वास राख्ने सबैलाई एमालेमा स्वागत गर्ने बताउनुभयो ।
उहाँले पछील्लो समय नेपाली जनताको एमालेमा लहरनै चलेको भन्दै नजिकिदै गरेको अबको चुनाबमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो ।
ठुला हुम भन्दै सत्तामा भएका काङग्रेस माओवादी लाई जन्ताले चुनाबमा ठेगान लाउछन उहाँले भन्नुभयो काङग्रेस ३ किलाको ढक हो माओवादी १ किलाको ढक होे माओवादी काङग्रेस मिलेपनि ४ किलाको ढक बन्छ एमाले ५ किलाको ढक हो यस्लाई कसैले भेट्दैन उहाँले भन्नुभयो । अबको चुनावमा माओवादी साफ काङग्रेस हाफ एमाले फुल भन्दै सांसद लम्सालले अबको चुनाबमा एमाले लाई पहिलो पार्टी बनाउनका लागी कम्मर कसेर लाग्न कार्यकर्ता लाइ निर्देशन दिनुभयो ।
कार्यक्रममा एसिया अध्यक्ष सुन्दर भुषाल,नेकपा एमाले पर्वत क्षेत्र नं. २ का पुर्व अध्यक्ष मित्रलाल बस्याल,नेकपा एमाले सचिवालय सदस्य कमल भुषाल, क्षेत्रीय सचिब हरी प्र.काफ्ले लगाएतले बोल्नुभएको थीयो । नेकपा एमाले गाउँ कमिटि अध्यक्ष दिक प्रसाद भुषालको अध्यक्षता, क्षेत्रीय कमीटी सदस्य ख्याम प्रसाद भुषालको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिब बेद प्रसाद भुषालले गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस्