१४ चैत्र, पर्वत । मोदी गाउँपालिकाको केन्द्र स्थानीय राजनैतिक सहमतीमा पातिचौर सारिएको छ । सरकारले साविकको देउपुर गाविसको कार्यालय रहेको स्थानमा केन्द्र तोकेपनि केन्द्र अपायक भएको भन्दै स्थानीय राजनैतिक सहमतीमा केन्द्र पातिचौरमा सारिएको हो ।
निर्वाचन पछि निर्वाचित कमिटिको बहुमतले केन्द्रलाई स्थायी बनाउनेछ । केन्द्र देउपुरको कडेनीमा तोक्दा देउपुर बाहेकका स्थानीयले अपायक भएको भन्दै विरोध गर्दै आएका थिए ।
मोदी गाउँपालिकाको केन्द्र विवाद समाधान भएपनि जलजला गाउँपालिकाको केन्द्र विवाद भने अझै समाधान भएको छैन । साविकको माझफाँट गाविसको कार्यालयमा केन्द्र रहने गरी सरकारले निर्णय गरेपनि स्थानीयले भने केन्द्र अपायक भएको भन्दै २ साता देखि आन्दोलन गरीरहेका छन ।
केहि स्थानयि विरोधमा उत्रिए पनि केहिले भने तोकिएको स्थानमै केन्द्र सञ्चालनका माग भने गरीरहेका छन । स्थानीय विरोधका कारण हालसम्म पनि गाउँपालिकाको कार्यालय औपचारिक रुपमा शुरुवात हुन सकिरहेको छैन । कार्यालय स्थापना नगर्दा दैनिक कार्य सम्पादन समस्या सृजना भएको छ ।
जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी विष्णु भुषालले स्थानीय विवाद समाधान नहुँदा कार्यालय स्थापना हुन नसकेको बताए ।





प्रतिकृया दिनुहोस्