Print

पर्वतमा २०५४ सालको स्थानीय चुनावमा कुन-कुन पार्टीका को–को ले कहाँ–कहाँ जितेका थिए (विस्तृतमा)

६ चैत्र, पर्वत । स्थानीय तहको निर्वाचन नजिकएको बेला देशका सवै ठाउँमा चुनावी सरगर्मी बढेको छ । चुनाव हुने वा नहुने भन्ने अन्यौलता वीच बढेको चुनावी सरगर्मी वीच १९ बर्ष पछाडी हुन लागेको स्थानीय तहको निर्वाचनको आकलन पनि शुरु हुन लागेको छ ।

आगामी निर्वाचनमा कुन दल अग्रभागमा आउने कुन दलले अस्तित्व मात्र जोगाउने भन्ने चर्चा चलीरहेको बेला पर्वतको निर्वाचनको आकलन पनि गर्न थालिएको छ ।

जिल्लामा साविकमा ५५ गाउँ विकास समिति थिए । सो परिर्वतन भएर अहिले ५ गाउँपालिका र २ नगरपालिका भएका छन । यी सवैमा आगामी वैशाख ३१ गते निर्वाचन हुनेछ । उक्त निर्वाचनमा गाउँपालिका वडाहरु साविकमा गाविस थिए । माझफाँट, शंकरपोखरी, शिवालय र हुवास बाहेकका सवै गाविसमा एउटा वडा एउटा गाविस हुने गरी कायम गरिएको छ । त्यसैले पछिल्लो पल्ट नेपालमा भएको स्थानीय तहको निर्वाचनको समिक्षा पुनरावलोकन निम्नानुसार गरिएको छ ।

२०५४ सालमा पर्वतमा भएको स्थानीय निकायको निर्वाचनमा कुल ५५ सिट मध्ये ३६ सीट नेकपा एमालेले प्राप्त गरेको थियो । जस मध्ये १६ स्थानमा नेपाली कांग्रेस र २ स्थानमा राप्रपा विजयी भएको थियो । यसैगरी १ स्थानमा मसाल पनि विजयी भएको थियो । यो तथ्यांकलाई हेर्दा २०५४ सालमा एमालेले झण्डै ६५ प्रतिशत स्थान प्राप्त गर्न सफल देखिन्छ । झण्डै १९ बर्ष अगाडिको यो मत परिणाम भने उल्टने अनुमान सहजै गर्न सकिन्छ । त्यसबेलाको निर्वाचनमा अस्तित्वमा नरहेको माओवादी यतिबेला स्थानीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रने गरी तयारी गरको छ ।

उता, अन्य साना दलहरु पनि निर्वाचनमा जाने गरी तयारी गरीरहेका छन । पार्टीहरु भित्रको अन्तर गुटले समेत यस पटकको निर्वाचनमा प्रभाव पार्ने देखिन्छ । अर्को तर्फ, एमालेले पहिलो सिट ल्याएको पर्वतमा यस पटक एमालेले उक्त सीटलाई सुरक्षित गर्न सक्छ या अन्तरगुटीय कलहका कारण पराजय भोग्नुपर्छ भन्ने चासो सर्वत्र हेरिएको छ । नेपाली कांग्रेस अहिलकेो राष्ट्रिय राजनीतिमा पहिलो शक्ति हो, उक्त शक्तिले स्थानीय स्तरमा आफ्नो राष्ट्रिय छवि कायम गर्न सक्छ या सक्दैन भन्ने पनि मूल्यांकनको विषय बन्न सक्ने देखिन्छ ।

माओवादी पार्टी भने पहिलो पल्ट स्थानीय निर्वाचनमा होमिने तयारी गरीरहेको छ । पहिलो संविधान सभाको निर्वाचनमा पहिलो पार्टी बनेको माओवादी दोस्रो निर्वाचनमा तेस्रो पार्टी बन्न पुग्यो, अवको स्थानीय चुनावमा माओवादी कुन स्थानमा आउने हो, त्यसको निक्यौल भने बैशाख ३१ गते पछि नै हुनेछ ।

अव हेर्नुहोस २०५४ सालको स्थानीय निकायको निर्वाचनमा कुन–कुन दलले कहाँ कहाँ र कस्ले कस्ले विजयी हासिल गरेका थिए ?
 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस