५ चैत्र, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ११ पकुवाका ३ वटा विद्यालयका लागि १० लाख रुपैंया बराबरका शैक्षिक सामाग्री वितरण गरिएको छ ।
बाबा फाउण्डेशन पोखराले विद्यालयहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको हो । संस्थाको सहयोगमा विश्वज्योति मावि, रानीस्वारा आधारभूत विद्यालय र स्यानी पोखरी आधारभूत विद्यालयका लागि उक्त सामाग्री वितरण गरिएको साविकको पकुवा गाविसका कार्यबहाक अध्यक्ष खुप्रसाद सुवेदीले जानकारी दिए ।
फाउण्डेशनले विश्वज्योति माविमा सातवटा कम्प्युटर सहित टेलिस्कोप, माइक्रोसकोप, विज्ञान स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ । त्यसैगरी रानीस्वारा आधारभूत विद्यालय र स्यानी पोखरी आधारभूत विद्यालयमा पनि एक/एक कम्युटर सहित प्रिन्टर्स र अन्य शैक्षिक सामग्री वितरण गरिएको सुवेदीले बताए ।
विद्यालय निरिक्षक हिमलाल शर्मा, साविक पकुवा गाविसका निर्वतमान कार्यबहाक अध्यक्ष खुमप्रसाद सुवेदी, विश्वज्योति माविका प्रधानाध्यापक गणेशप्रसाद तिमिल्सिना, नेपाल पत्रका महासंघ पर्वतका निबर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
यसैगरी कार्यक्रममा रानीस्वारा आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक जगन्नाथ सुवेदी, स्थानीय यमप्रसाद सुवेदी, पुर्व विद्यार्थी तथा कार्यक्रमका समन्वयकर्ता कृष्ण सुवेदी, ढाकाराम सुवेदी, भीम नेपाली, शिक्षक यमवहादुर केसी, राजेन्द्र सुवेदी, डिल्लीप्रसाद सुवेदी, अविभावक शेषकान्त सुवेदी, शिक्षिका विजया रेग्मी, शिक्षक जयप्रसाद सुवेदी अभिभावक झलक पौडेल, विद्यार्थी प्रतिक्षा गौतम लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गोपाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन यमबहादुर केसी र स्वागत सुरेश गुरुङले गरेका थिए ।





प्रतिकृया दिनुहोस्