Print

सरकारले यसरी खटायो पर्वतका गाउँपालिका र नगरपालिकामा दरबन्दी अनुसारका प्रमुखहरु

५ चैत्र, पर्वत । जिल्लाका २ नगरपालिका र ५ गाउँपालिमा सरकारले दरबन्दी अनुसारका कार्यालय प्रमुखहरु खटाएको छ ।

सरकारले दरबन्दी अनुसारका कर्मचारी नखटाउँदा स्थानीय स्तरबाट जेष्ठ सचिवहरुलाई जिम्मेवारी प्रदान गरिएको थियो । दरबन्दी अनुसार कुश्मा नगरपालिकाका प्रमुख कुमानसिंह गुरुङलाई मोदी गाउँपालिमा सरुवा गरिएको छ ।

यसैगरी हिरामणी सुवेदीलाई फलेवास नगरपालिकाको प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।

उता, विहादी गाउँपालिकामा भने चन्द्रदेव जोशी आउने भएका छन । महाशिला गाउँपालिकामा विष्णुमाया ढकाल र पैयू गाउँपालिमा कल्पना खनाल बस्नेतलाई जिम्मेवारी प्रदान गरिएको छ ।

उता, जलजला गाउँपालिकामा भने सिता पोखरेल अर्याललाई कार्यालय प्रमुखको रुपमा खटाइएको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस