३ चैत्र, पर्वत । जिल्लाको मोदी गाउँपालिका भूगोलका हिसावले पनि ठूलो छ । पञ्चासेको लेक देखि भवरकोट हुँदै मनहिलसम्मको लेक मोदी गाउँपालिको सम्पदामा परेका छन ।
पर्यटकीय प्रचुर सम्भावना वोकको पञ्चासे लेकको लागि प्रस्ताव विन्दु मध्येको एउटा चित्रे र घोडेपानी ट्रेकिङका लागि खोल्दै गरिएको वैकल्पिक पैदम मार्ग नयाँपुलबाट भुकदेउराली र देउपुर गाविसको सिमानामा पर्ने भबरकोट, सिद्धबावा, मनहिल हुदै घोडेपानीको पदमार्ग उत्तम पदमार्गका कारण पनि उक्त गाउँपालिका आर्थिक रुपमा सम्बृद्ध बन्न सक्छ ।
बार्षिक हजारौ पर्यटक घोडेपानी यात्रामा आउने गर्छन । विशेषगरी विदेशी पर्यटकहरुको आकर्षक गन्तब्य मानिएको घोडेपानी पदयात्रीलाई भवरकोट, सिद्धबाबा, मनहिल हुँदै जाने पैदल मार्गबाट लैजान सकेको खण्डमा उक्त क्षेत्रमा विदेशी पर्यटकहरु खचाखच हुनेछन ।
अर्को तर्फ मोदी गाउँपालिका जिल्ला अरु गाउँपालिकाको तुलनामा स्थानीय श्रोत परिचालनमा निकै सम्बृद्ध मानिएको छ । उक्त क्षेत्रमा हाल ३ वटा जलासय युक्त जलविद्युत आयोजनाहरु छन ।
१४.८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत आयोजना सञ्चालनमा छ भने तल्लो मोदीखोला जलविद्युत आयोजना २० मेगावाट क्षमतामा निर्माणधिन अवस्थामा रहेको छ ।
त्यसैगरी मध्यमोदी जलविद्युत आयोजना २० मेगावाट क्षमता उत्पादन गर्ने गरी भुकदेउरालीमा निर्माणधिन अवस्थामा छ । पातिखोलामा सञ्चालनमा रहेको १ मेगावाट क्षमताको लघु जलविद्युत आयोजनाले पनि आर्थिक रुपमा यस गाउँपालिकालाई टेवा पुराउन सक्छ ।
यी चार वटै जलविद्युत केन्द्रको रोयल्टी वापतको आम्दानी बार्षिक करोडौ संकलन हुनसक्छ जसले मोदी गाउँपालिकाको विकासमा स्थानीय श्रोत परिचालनको महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
अर्को तर्फ, धौलागिरी क्षेत्र भित्रने सवारी साधनहरुको नाकाको रुपमा रहेको उक्त गाउँपालिकाले आफ्नो आन्तरीक आय बृद्धिका लागि त्यहाँबाट पनि राजश्व संकलन गर्न सक्दछ ।
चित्रेको होमस्टेले आन्तरीक पर्यटन प्रवद्र्धनमा निकै महत्वपूर्ण भूमिका खेल्न सक्दछ भने, पर्यटकीय सम्भावना बोकेका क्याङ लेसपार क्षेत्रलाई पनि प्रवद्र्धन गर्न सके त्यसबाट पनि राम्रो आम्दानी लिन सकिन्छ ।





प्रतिकृया दिनुहोस्