२ चैत्र, पर्वत । जिल्लाको सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका सवैभन्दा शक्तिशाली नगरपालिका हुने भएको छ । पुर्नसंरचनामा परेका अन्य नगरपालिका र गाउँपालिकाको तुलनामा सदरमुकाम समेत भएका कारण पनि कुश्मा नगरपालिका श्रोत र साधनमा सवैभन्दा शक्तिशाली हुने भएको हो ।
बजार विस्तार भईसेकेको र २ बर्ष अगाडि देखि नै नगरपालिकाको अभ्यासमा भएका कारण पनि यस नगरपालिका अरुको तुलनामा अगाडि छ । उता, आगामी दिनमा श्रोत, साधन र पहुँचको हिसाबले हेर्दा पनि कुश्मा नगरपालिका निकै सम्पन्नशाली देखिन्छ ।
सडकमा विकास
नगरपालिकाका सवै वडाहरुका कच्चि सडक पुगेको छ । सवै वडाहरुको मुकाममा बर्षातमा पनि पुग्न सकिन्छ । नगरपालिकाको घुम्ति देखि लाम्पाटा जोड्ने गरी एउटा मोटरेवल पक्कि पुल निर्माणधिन अवस्थामा छन भने पकुवा क्षेत्रलाई जोड्ने जहरेखोला माथिको मोटरेवल पुल गत बर्ष मात्रै सम्पन्न भएको छ । यसले बर्षातमा पनि सवै गाविसमा कच्चि सडक भएपनि कुश्मा बजार देखि पुग्न सकिन्छ ।
अर्को तर्फ, दोेविल्ला देखि फलेवासम्मको कालोपत्रेको काम दु्रत गतिमा अगाडि बढेको छ । उक्त सडककले जिल्लाका अरु नगरपालिका र गाउँपालिकालाई समेत सहज हुने भएतापनि पहिलो सेवा भने कुश्मा नगरपालिका भित्रका पिपलटारी, कटुवाचौपारी र ठूलिपोखरीका जनताले लिन पाउनेछन । उक्त सडकसंग दोविल्ला देखि कार्किनेटासम्मको बाटो समेत कालोपत्रे हुने गरी बोलपत्र आब्हान समेत भईसकेकोछ । यस ठुलिपोखरी, खौला र आर्थरका जनताले समेत सेवा पाउनेछन । उक्त सडक पनि बहुबर्षिय टेण्डर मार्फत निर्माणको चरणको रहेको छ ।
अर्को तर्फ, कुश्मा नगरपालिकाले चुवाका केहि खण्डहरुहरु र अग्ला पुलहरु जाने बाटो पनि कालोपत्रे गर्ने गरी तयारी गरीरहेको छ । नगरपालिकाकै बजेटले सह्स्रधारा देखि पाङसम्मको बाटो पनि कालोपत्रेको चरणमा छ । घुम्ति देखि लाम्पाटा हिमालय मावि हुँदै जाने बाटो पनि सडक डिभिजन कार्यालय मार्फत कालोपत्रे गर्ने गरी काम भईरहेको छ ।
कुश्मा देखि दुर्लुङ जाने बाटो पनि ग्रामीण पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजनाले कालोपत्रे गर्ने गरी क्रमागत योजनामा राखेको छ । यसरी हेर्दा नगरपालिकाका सवै मुख्य सडकहरु केहि बर्ष भित्रमै कालोपत्रे हुँनेछन । जसले सवै वडामा पुग्न थप सहज थपिने छ ।
प्राकृतिक श्रोतको परिचालन
कालीगण्डकी नदी किनारको ढुंगा गिटि र बालुवा समेतको उत्खननका लागि नगरपालिकाले टेण्डर आब्हान गर्न पाउनेछ । कुश्मा नगरपालिका वडा न १ मा कालीगण्डकीको वगरमा रहेको वालुवा उत्खननका लागि सम्भावनायुक्त स्थल छ । जसबाट पनि नगरपालिकाले बार्षिक करोडौ आम्दानी गर्न सक्छ । मोदीखोलाबाट पनि बालुवा ढुगा मिल्ने सम्भावना रहन सक्छ । यद्यपि उक्त खोलामा जलविद्युत आयोजनाहरु रहेका छन ।
पर्यटन
कुश्मामा नेपालकै ३ वटा अग्ला झोलुगे पुलहरु पर्दछन । यसैगरी गुप्तेश्वर, अल्पेश्वर र लालेश्वर गुफा पनि यहि क्षेत्रमा पर्दछन । तुईन प्रविधिको यान्त्रिक पुल, निर्माणधिन बञ्जीजम्प र कालीगण्डकी नदीको ¥याफटिङ, यी सवै पर्यटकीय सम्भावना युक्त स्थल हुन कुश्मा नगरपालिकाका । यसैगरी मोदीवेणीधाम, दुर्लुङकोट मन्दिर, सहस्रधाराधाम र शिवालय मन्दिर पनि यस नगरपालिकाका महत्वपूर्ण धामिर्क स्थलहरु रहेका छन । यी स्थलहरुको मार्फत नगरपालिकाले मनग्य आम्दानी गर्नसक्दछ ।
यसैगरी आर्थरडाँडाखर्कमा रहेको होमस्टे सेवा र पञ्चासेको ट्रेकिङ यात्राले पनि नगरपालिकाको आम्दानी बढाउनका लागि मद्दत गर्नसक्छ ।
जलविद्युत
कुश्मा नगरपालिका भित्र हाल एउटा जलविद्युत आयोजना सञ्चालनमा छ । १० मेगावाट क्षमताको तल्लो मोदीखोला १ जलविद्युत आयोजनाले विद्युत उत्पादन गरीरहेको छ । यसैगरी १० मेगावाटकै तल्लो मोदीखोला २ जलविद्युत आयोजनाले पनि निर्माण कार्य शुरु गर्न लागेको छ । उक्त आयोजनाहरु युनाइडेट मोदी हाइड्रोपावर कम्पनीको स्वामित्वमा रहेका छन ।
कुश्मा नगरपालिका क्षेत्रभित्र पर्ने गरी तल्लो मोदीखोला जलविद्युत आयोजनाले २० मेगावाट क्षमतामा विद्युत उत्पादन गर्ने गरी निर्माण कार्य द्रुत गतिमा अगाडि बढाईरहेको छ । मनाङ ट्रेड कम्पनी लिमिटेडले उक्त आयोजनाको निर्माण कार्य अगाडि बढाएको छ ।
यी तिन वटा जलविद्युत आयोजनाहरुको रोयल्टी वापतको आम्दानी पनि बार्षिक करोडौ नगरपालिकाले लिन सक्छ । यसले नगरपालिकाको आर्थिक सम्बृद्धिमा समेत ठूलो टेवा पुग्ने देखिन्छ ।
बजार क्षेत्र
कुश्मा जिल्लाको सदरमुकाम समेत रहेको हुँदा यस क्षेत्रमा हजारौंको संख्यामा ब्यापार ब्यवसायहरु सञ्चालनमा छन । जसले गर्दा यहाँबाट लिने कर र त्यसको आम्दानीको सदुपयोग नगरपालिकाले गर्न सक्दछ । ठूला होटलहरु र ठूला लगानीका पसलहरुको करबाट पनि नगरपालिकाको आम्दानीमा बृद्धि हुनसक्छ ।
यी र यी बाहेकका अरु थुप्रै सम्भावनाका कारण सदरमुकाम समेत रहेको नगरपालिकका श्रोत र साधनमा निकै धनी मानिनेछ । यस क्षेत्रको विकासका लागि यदि राजनैतिक दलहरु वीचमा तिव्र इच्छा शक्ति हुने हो भने त्यसले कुश्मा नगरपालिकाका बासिन्दाको जीवनस्तर माथि उकास्न सक्ने देखिन्छ ।





प्रतिकृया दिनुहोस्