Print

पर्वतको लुंखुमा ५ दिने निःशुल्क स्वास्थ्य शिविर, दोस्रो दिनसम्म ४ सय बढिले सेवा लिए

१७ फागुन, पर्वत । पर्वतको लुंखुमा ५ दिने निशुःल्क स्वास्थ्य शिविरको आज दोस्रो दिन ४ सय जना भन्दा बढिले उपचार सेवा लिएका छन ।

विदेशी तथा स्वेदशी डाक्टरहरुले प्रदान गरिरहेको स्वास्थ्य शिविर जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दाले सेवा लिएका हुन । डा. रविन कोइरालाको नेतृत्वमा झण्डै १ दर्जन बढि डाक्टरहरुले सेवा प्रदान गरिरहेका छन । हाइड्रोसिल र हर्नियाको निशुल्क अप्रेसनको समेत सुविधा प्रदान गरिएको उक्त शिविरको दोस्रो दिन मात्रै ७ जनाको निःशुल्क अप्रेसन गरिएको छ ।

स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा भएको स्वास्थ्य शिविरमा निःशुल्क दत्त परिक्षणको समेत सेवा प्रदान गरिएको छ । आगामी फागुन २० गतेसम्म सञ्चालन हुने उक्त शिविरमा उस्सनेप फाउण्डेसनले विशेषज्ञ सेवाको लागि सहयोग गरेको छ ।

शिविरमा लुंखु, बालाकोट, भोक्सिङ, होश्राङदी, फलामखानी, पाखापानी, भोर्ले लगाएतका गाविसका स्थानीयले सेवा लिएको त्यहाँबाट जीवनउचै ठकुरीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस