१७ फागुन, पर्वत । स्वतन्त्र विद्यार्थी यूनिएनको निर्वाचनमा पर्वत जिललका दुईवटा क्याम्पसमा सर्वसहमत नेतृत्व चयन भएको छ ।
जिल्लाको सदरमुकाममा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको नेतृत्वमा र दक्षिणीबर्ती गाविस कार्किनेतामा रहेको अन्नपूर्ण बहुमुखी क्याम्पसमा अनेरास्वबीयूको नेतृत्वमा सर्वसहमत भएको हो ।
देश भरका क्याम्पसहरुमा निर्वाचनका विषयमा थुप्रै जटिलताहरु देखिएता पनि जिल्लाका दुई क्याम्पसमा भने सौहाद्रतापूर्वक निर्वाचनको लागि सर्वसहमत भएको हो ।
गुप्तेश्वर क्याम्पसमा शिशिर क्षेत्रीको नेतृत्वमा सर्वसहमत भएको हो भने, अन्नपूर्ण क्याम्पसमा भने अनेरास्वबीयूका हिमाल श्रेष्ठको नेतृत्वमा सर्वसहमत भएको हो । निर्वाचन विना नै सवै विद्यार्थी संगठनहरुको सहमतीमा सर्वसहमत भएपछि अन्य पदहरुमा पनि विद्यार्थी संगठनहरुले आफना प्रतिनिधिहरु पठाएका छन ।
उता, पर्वत बहुमुखी क्याम्पसमा भने क्याम्पस प्रशासनले चुनावी प्रक्रिया शुरुवात नै नगरेको भन्दै अखिल लगाएतका विद्यार्थी संगठनहरुले विरोध जनाउँदै आएका छन ।





प्रतिकृया दिनुहोस्