Print

शिवालय क्याम्पसको छैटौ बार्षिकोत्सव सम्पन्न

११ फागुन , पर्वत । शिवालय बहुमुखी क्याम्पस कुश्माको छैटौ बार्षिकोत्सव सम्पन्न भएको छ । जिल्लाको सदरमुकाममा रहेको क्याम्पसको छैटौ बार्षिकाकोत्सव तथा तेस्रो साधारण सभा सम्पन्न भएको हो ।

शैक्षिक क्षेत्रको विकासमा जिल्लाकै कान्छो क्याम्पस भईकन गुणस्तरीय अध्यापनमा परिचित क्याम्पसको एक समारोहका वीच बुधबार जिल्ला न्यायधिस मोहन भट्टराईले बार्षिकोत्सवको उद्घाटन गर्दै शैक्षिक क्षेत्रको विकासमा क्याम्पसको थप योगदानको अपेक्षा ब्यक्त गरे ।

स्थानीय ब्यवस्थापनमा क्याम्पस सञ्चालन गर्नु निकै कठिन कार्य रहेको भन्दै न्याधिस भट्टराईले योग्य जनशक्ति निर्माणमा क्याम्पसको अहम भूमिका रहने हुँदा कर्तब्यनिष्ट जनशक्ति क्याम्पसले उत्पादन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा क्याम्पसका पुर्व अध्यक्ष इश्वर गिरी, शिवालय माविका संस्थापक अध्यक्ष तोयनारायण चालिसे, क्याम्पसका पुर्व क्याम्पस प्रमुख डा.चूडामणी शर्मा, शिवालय उच्च माविका प्रअ भुपेन्द्र शर्मा, गैसस महासंघका यज्ञ अधिकारी, उद्योग बाणिज्य संघका अध्यक्ष हरीओम शर्मा लामिछाने, पत्रकार प्रनिश गिरी लगाएतले बार्षिकोत्सव समारोहमा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा निमिक्त क्याम्पस प्रमुख कमलनाथ शर्माले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्याम्पसका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रको सञ्चालन प्राध्यापकहरु लेखनाथ उपाध्याय र राजेन्द्र पहाडीले गरेका थिए । सोहि अवसरमा क्याम्पस सञ्चालनमा विशिष्ट योगदान पुराउने सहयोगी ब्यक्तिहरु, क्याम्पसका कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

बार्षिकोत्सवकै अवसरमा सञ्चालीत विविध खेलकुद कार्यक्रमहरुका विजयी विद्यार्थीहरुलाई समेत सो अवसरमा पुरस्कार वितरण गरिएको क्याम्पसका प्राध्यापक आनन्द पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस