Print

​रेखा थापा र कोमल वली राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित

११ फागुन, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य निर्वाचनको मतगणना सम्पन्न भएको छ। अध्यक्षको मतगणना यसअघि नै सम्पन्न भइसकेको छ। अध्यक्षमा कमल थापा बिजयी भएका थिए।

गए राति अबेर सार्वजनिक मत परिणाम अनुसार नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा विजयी भएका छन्। यस्तै, कुन्ती शाही र प्रतिभा राणा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। राणालाई सोमबार सरकारले जापानका लागि राजदूत सिफारिस गरेको थियो ।

थापा माओवादी केन्द्रबाट राप्रपामा प्रवेश गरेकी हुन्। वलीको राप्रपा प्रवेश विवादमा आएपछि रेडियो नेपालको जागिरबाट राजीनामा दिएर राजनीतिमा होमिएकी हुन्।

त्यसैगरी, पुरुषतर्फ नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्द्र चन्द, धवल शम्शेर राणा, विक्रम थापा, राजेन्द्र लिङदेन, मोहन श्रेष्ठ र राजाराम गड्ताैलालगायत निर्वाचित भएका छन्।

पाण्डे बाहलवाला मन्त्री हुन्। थापा पार्टीका पूर्वध्यक्ष सूर्यबहादुर थापाको छोरा हुन्। यस्तै पूर्वध्यक्ष लोकन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन्। राणा, लिङ्देन तथा श्रेष्ठ यूवा नेता हुन्।

राष्ट्रिय सभागृह तथा भृकुटीमण्डप उद्यान क्षेत्र आसपासमा भएको फोहोरलाई आज दिउँसो सफा गरिने पार्टी नेता राजाराम श्रेष्ठले जानकारी दिए।

यही फागुन ६ गतेदेखि सुरु भएको अधिवेशनलाई आज औपचारिक कार्यक्रम गरी समापन गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस