७ फागुन, काठमाण्डौं । श्रमजीवि पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघको जिल्ला अधिवेशन चलिरहेको छ । पश्चिमाञ्चल विकास क्षेत्रबाट शुरुवात भएको जिल्ला अविधेशनको पहिलो चरणमै प्रेस चौतारी नेपाल अग्र स्थानमा देखिएको छ । पश्चिमाञ्चलका १६ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेकका १४ वटा जिल्लामा जारी अविधेशन मध्ये हालसम्म ९ वटा जिल्लाको जिल्ला अधिवेशन सकिएको छ ।
९ जिल्ला मध्ये ६ वटा जिल्लामा भने नेकपा एमाले निकट प्रेस चौतारी सम्बद्ध पत्रकारले नेतृत्व हात पारेका छन । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार हालसम्म अधिवेशन सम्पन्न जिल्ला मध्ये कास्की, गुल्मी, म्याग्दी, बागलुङ, अघाँखाँची र लमजुङमा प्रेस चौतारी नेपालका पत्रकार निर्वाचित भएका छन । उता, पर्वत र गोरखामा भने प्रेस युनिएन निकट पत्रकार निर्वाचित भएका छन । चौतारी अध्यक्ष बस्नेतका अनुसार रुपन्देहीमा भने प्रेस चौतारी निकट पत्रकारहरुको समेत समर्थनमा रुपन्देहीमा प्रेस सेन्टर निकट पत्रकार विजयी भएका छन ।
सदस्यता सम्बन्धि विवादका कारण स्याङजा, पाल्पा, तनहुँ, नवलपरासी, लगाएतका जिल्लाको अधिवेशन भने रोकिएको छ । हालसम्म गुल्मीमा नवराज भुषाल, म्याग्दीमा तारानाथ शमाृ, बागलुङमा दिल श्रीस, पर्वतमा छविलाल तिवारी, गोरखामा किशोरजंग थापा, लमजुङमा आश गुरुङ, रुपन्देहीमा ज्ञानेन्द्र जिसी, र कास्कीमा दिपेन्द्र श्रेष्ठ विजयी भएका छन ।
केन्द्रिय पार्शदहरुमा समेत चौतारी निकट पत्रकारहरुको प्रेस सेन्टर र प्रेस सोसाइटी वीचको गठनबन्धनको बहुमत रहेको बुझिएको छ ।





प्रतिकृया दिनुहोस्