५ फागुन, पर्वत । सामाजिक सेवामा क्रियाशिल रोट्रयाक्ट क्लव अफ पर्वतले नेपाल पत्रकार महासंघ पर्वतको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन तथा शुभकामना आदानप्रदान कार्र्यक्रम सम्पन्न गरेको छ ।
मंगलवार सम्पन्न नेपाल पत्रकार महासंघ पर्वत शाखाको पाँचौ अधिवेशनवाट छविलाल तिवारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति, ११ जना केन्द्रिय पार्षद र १४ जना प्रदेश पार्षद चयन भएका थिए । रोट¥याक्ट क्लव र पत्रकारहरुबीचको सम्वन्ध प्रगाढ बनाउने र दुवै सामाजिक संस्थाबीच सहकार्यको बातावरण बढाउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेश पौडेलले सञ्चार क्षेत्र र सामाजिक संस्थाहरु एक अर्काका परिपुरक भएको बताउँदै समाज परिवर्तनमा दुवैको दायित्व उत्तिकै हुने पनि बताउनुभयो । उहाँले सामाजिक संस्थाले गरेका सकारात्मक कार्यको प्रचारप्रसारले आम नागरिकहरुमा सकारात्मक सन्देश गइरहेको बताउँदै यसले समाज र सिङ्गो राष्ट्र निर्माणमा योगदान पु¥याउने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित पत्रकार महासंघका अध्यक्ष तिवारीले सामाजिक संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका निवर्तमान अध्यक्ष गणेशबहादुर क्षेत्री, पत्रकार महासंघका सदस्य किशोर सापकोटा लगायतले पनि बोलेका थिए । रोट¥याक्ट क्लव अफ पर्वतका अध्यक्ष आरसी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब गणेश पौडेलले गर्नुभएको थियो ।
Print
रोट्रयाक्टद्धारा पत्रकार महासंघ पर्वतको नवनिर्वाचित समितिलाई बधाई ज्ञापन




प्रतिकृया दिनुहोस्