Print

लालेश्वर गुफा संरक्षणमा स्थानीयबासीको अग्रसरता

२० माघ, पर्वत । कुश्मा नगरपालीका अन्तरगत वार्ड नं. १२ मा ओझेलमा परेको लालेश्वर गुफा संरक्षणका लागि चुवावासीहरु क्रियाशिल भएका छन् । चुवामा रहेको लालेश्वर शिव मन्दिर नजिकै केहि वर्ष अगाडी पत्ता लागेको हुंदा गुफाको नाम लालेश्वर राखिएको भएपनि भित्र गएर हेर्ने र यसको उचित संरक्षण र प्रचार प्रसार गर्ने काममा कसैको चासो नपुगेको हो ।

हालै मात्र स्थानीय वासीहरुले लालेश्वर गुफा संरक्षण समिति गठन गरि यसको प्रचारप्रसारमा जुट्ने योजना बनाएको थियो भने नेकपा एमाले जिल्ला कमिटि पर्वतको “जनतासंग संगठन अभियान” अन्तरगत चुवा वार्ड कमिटिले श्रम शिविर आयोजना गरि सोही गुफामा जाने बाटो निर्माण गर्ने र भित्र गएर अवलोकन गर्ने कार्यक्रम आयोजना गरेपछि यो गुफा चर्चामा आएको छ । अवलोकनको क्रममा पुगेका नेकपा एमाले पर्वतका उपसचिव गोविन्द पहाडीले चुवाका स्थानीयवासीहरु समेतको सहभागितामा भित्र जांदा गुफा निकै मनमोहक र प्राकृतिक बनाटवका हिसावले आकर्षक रहेको बताउनु भयो । भित्र लगभग ३०० मिटर भित्रसम्म ढुंगाका विभिन्न कलात्मक बनावट र मूर्तिहरु रहेको र सफा पानी समेत बगिरहेको जानकारी पहाडीले दिनुभयो ।

स्थानीय वासी खिमलाल पोखरेलका अनुसार गुफाभित्र विभिन्न ठाउंमा नि हुरेर भित्र गएपछि झनै आकर्षक दृश्यहरु देख्न पाईन्छ । विष्णु पोखरेलको अध्यक्षतामा संरक्षण समिति बनेपछि स्थानीय अगुवाहरु मुगा पोखरेल, नारायण पोखरेल, शोभा जि.सी., धनञ्जय पौडेल, कृष्ण पौडेल लगायतका व्यक्तिहरुले यसको व्यवस्थित योजना बनाएर प्रचार प्रसारमा लाग्ने र सवै सञ्चार माध्यमलाई अवलोकनका लागि अपिल गर्ने तथा विभिन्न स्थानहरुमा जानकारीमुलक साईनवोर्डहरु राख्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस