Print

पर्वतमा एमालेले शुरु गरयो स्थानीय तहको निर्वाचन केन्द्रित अभियान, अरु दलको तयारी के छ र ?


९ भदौ, पर्वत । नेकपा (एमाले) पर्वतले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी मिसन जागरण अभियान सञ्चालन गरीरहेको छ । एमालेले नेकपा एमालेका केन्द्रित सदस्य पदम गिरी तथा मनोहर वि पौडेलको नेतृत्वमा पालिका केन्द्रित अभियानको शुरुवात गरीसकेको छ ।


स्थानीय तहको कार्यअवधि आगामी वैशाख महिनामा सकिदैछ । ७ महिना कार्यकाल बाँकी रहँदा निर्वाचनको तयारीमा एमालेले मिसन जागरण अभियान मार्फत निर्वाचन केन्द्रित अभियानको शुरुवात गरेको हो ।


एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडीले गत फागुन महिनामा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा जनताको मत परिर्वतन भएको विषयलाई खोजी गर्दै जनमुखी एजेण्डा सहित पर्वत एमाले जनताका माझमा जान लागेको जानकारी दिनुभयो ।


अध्यक्ष पहाडीले एमालेले ७ वटै पालिका कमिटिहरु मार्फत मिसन पाटी जागरण अभियान सञ्चालन शुरु भईसकेको बताउनुभयो । जिल्ला कमिटि वैठकले जागरण अभियानको कार्य योजना बनाएको पहाडीको भनाई छ ।

जिल्ला पाटीले बनाएको कार्य योजना बमोजीम ७ पालिकाहरुले आफ्नो आफ्नो कार्य क्षेत्रमा कार्य योजना सहित जनताका गुनासो सुन्न कार्यक्रम आगामी प्रदेश सभाको निर्वाचनसम्म सञ्चालन गर्ने एमालेले जनाएको छ ।

उता नेपाली कांग्रेस भने आन्तरीक किचलोमा फसिएको देखिन्छ । कांग्रेसको विशेष महाधिवेशनलाई वैध वा अवैध निर्णय नभएका कारण जिल्ला स्तरका कार्यक्रमहरु समेत प्रभावित भएका छन् । यस अघि कांग्रेसले जिल्ला र पालिका स्तरमा समिक्षा कार्यक्रमहरु भने सञ्चालन सम्पन्न गरेको छ । प्रदेश सभाका वैठकहरु मार्फत संगठनलाई गतिशिल बनाउने अभियान कांग्रेसले शुरुवात गरीसकेको छ । सदस्यता नविकरण तथा पाटी सदस्यताहरु माझमा गत निर्वाचनको समिक्षा मार्फत नयाँ कार्य योजना निर्माणको अभियानमा जुटिरहेको कांग्रेस जिल्ला सभापति युवराज जोशीले जानकारी दिनुभयो ।

कांग्रेसले आगामी १५औ महाधिवेशन समयमा भएको खण्डमा उक्त महाधिवशेन पछि नै निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्नेछ । कांग्रेस नेताहरु मध्ये आगामी निर्वाचनका आकाक्षीहरु भने आन्तरीक तयारीमा जुटिरहेको बताइन्छ ।

उता, देशको ठूलो शक्तिको रुपमा उदय भएको राष्टिुय स्वतन्त्र पाटी (रास्वपा)ले भने क्यान्डिडेट क्लब मार्फत उमेदवारहरुको पहिचान गर्ने अभियान सञ्चालन गरीरहेको छ । प्रतिनिधि सभामा जनताको अनपेक्षित मत प्राप्त गरेको स्वतन्त्र पाटीले आगामी निर्वाचनलाई केन्द्रित गरी सम्भावित उमेदवारहरुको छनौटका लागि आवेदन खुल्ला भएको जनाएको छ ।

जिल्ला पाटीले बनाएको कार्य योजना बमोजीम ७ पालिकाहरुले आफ्नो आफ्नो कार्य क्षेत्रमा कार्य योजना सहित जनताका गुनासो सुन्न कार्यक्रम आगामी प्रदेश सभाको निर्वाचनसम्म सञ्चालन गर्ने एमालेले जनाएको छ ।