८ साउन,पर्वत । कुश्मा नगरपालिका वडा नं ४ अर्मादिको घुम्तीमा शुक्रवार साँझ जीप र मोटरसाईकल एकापसमा ठोक्किदा दुई जना घाईते भएका छन् ।
पर्वतको सदरमुकाम कुश्मावाट वाग्लुङ जादै गरेको ध १ ज ११२६ को बोलेरो जिप र बाग्लुङ वाट कुश्मातर्फ आउदै गरेको ग १४ प ७१६२ नम्वरको मोटरसाईकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जना घाईते भएका हुन् ।
घाईते हुनेमा म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका वडा नं। २ २ वस्ने २६ वर्षका मिलन गोतामे र सोहि ठाउँकी २० वर्षिया निरूता गोतामे रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइते दुवै जनाको प्रदेश अस्पताल कुश्मामा पश्चात थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरी प्रमुख बिजय यादवले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।
घाईतेको खुट्टा, मुख लगायतमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बोलेरो जीप चालक वाग्लुङ जिल्लाको बरेङ गाउँपालिका वडा नं. ५ वस्ने २४ वर्षका लोकेन्द्र खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




