Print

गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा तनहुँ च्याम्पियन, पर्वत तेस्रो


पर्वत, असार १९। जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा सम्पन्न गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३ मा तनहुँ जिल्ला समग्रतर्फ प्रथम भएको छ।


दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तनहुँले ३ स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गर्‍यो। त्यस्तै स्याङ्जाले २ स्वर्ण र १ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गर्दा आयोजक पर्वतले २ रजत र १ कास्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ।


प्रतियोगितामा म्याग्दी चौथो, कास्की पनि चौथो, नवलपुर पाँचौं, बागलुङ छैटौं, लमजुङ सातौं तथा मुस्ताङ आठौं स्थानमा रहेका छन्।
जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जंगबहादुर पुन (बुद्ध) ले प्रतियोगिताले गण्डकी प्रदेशमा ब्याडमिन्टन खेलको विकास, खेलाडीबीच अनुभव आदान–प्रदान तथा प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिने विश्वास व्यक्त गर्नुभयो।


युवा ब्याडमिन्टन खेलाडी सुनिल थापाका अनुसार, प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। उहाँले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको जानकारी दिनुभयो।